तुलसीपुर कप खुला पुरुष फुटबल प्रतियोगिता हुने

लक्ष्मण बस्नेत
तुलसीपुर, ७ जेठ ।
दाङमा प्रथम तुलसीपुर कप खुला पुरुष फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । तुलसीपुर ब्वाइजको आयोजनामा अरनिको खेल मैदान तुलसीपुरमा संचालन हुने प्रतियोगिता यहि जेठ २० गते देखि सुरु हुनेछ ।

स्थानिय स्तरमा फुटबल खेलको विकाससंगै नव प्रतिभावान खेलाडीको पहिचान र प्रवर्द्धन गर्न आयोजना गरिएको प्रतियोगिताको बिजेता, उपबिजेता टिमलाई क्रमशः नगद पचास हजार र पच्चीस हजार साथमा कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ वेष्ट प्लेयर खेलाडीलाई नगद तिन हजार,ट्रफी,वेष्ट डिफेन्स,वेष्ट किप्पर र हाई स्कोररलाई ट्र्फी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।


त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याचलाई ट्रफीको व्यवस्था गरिएको प्रतियोगिताका संयोजक फर्सा घर्तीमगरले जानकारी दिनु भएकोछ । संयोजक घर्तीका अनुसार पाँच दिन सम्म चल्ने प्रतियोगितामा १२ बढी टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा सहभागी हुने टिमले जेठ १८ गते सम्म टिम दर्ता गर्नुपर्ने र दर्ता शुल्क पाँच हजार रुपैयाँ निर्धारण गरिएको छ । खेल नकाउट प्रणालीका आधारमा खेलाईनेछ ।