दाङ
२३ साउन / आफूहरुलाई जानकारी नदिएरै ढेब्ली हटाएको भन्दै बसपार्कका व्यबसायीहरुले आपत्ति जनाएका छन् । तुलसीपुरमा पत्रकार सम्मेलन गरि उनीहरुले आपत्ति जनाएका हुन् । बजार अब्यबस्थित भएको भन्दै २०७६ जेठमा तुलसीपुर बसपार्कमा १७ घर भत्काएपनि सडक विस्तार नगरिएको समेत उनीहरुको भनाई छ । घोराही रोडदेखि बसपार्क आसपासमा सडक मापदण्ड भन्दा बाहिर रहेका सबै घर भत्काउने सहमति अनुसार ति घर भत्काएको भएपनि अहिले सम्म अन्य घर नभत्काएको पीडितहरुले गुनासो छ ।
त्यतिबेला बसपार्क पिपलबोटा ओरालोका १७ जनाको घर भत्काएको भएपनि १० जनाले घर भत्काएर बाँकी रहेको जग्गामा अर्को नयाँ घर निर्माण गरे । बाँकी सातजना मध्ये अन्य दुई जना त्यहाँबाट विस्तापित भइसकेका छन्, भने ५ जना अलपत्र अबस्थामा छन् । धनबहादुर बुढा क्षेत्री, पथबहादुर बुढाथोकी, कमल साहु, तेजबहादुर विक र कर्णबहादुर डाँगी त्यहाँका पीडित व्यबसायी हुन् । उनीहरुले पहिले आफ्नै घरमा व्यबसाय गरेका थिए । अहिले घर फालेपछि व्यबसाय गर्ने ठाउँपनि नभएको बताउछन् ।
घर भत्काउने क्रममा घरबारविहीन भएकाहरुलाई बसोबासकालागि व्यबस्था मिलाउने तथा व्यासायीहरुकालागि उचित स्थानमा व्यबसाय गर्न दिने सम्झौता भएको थियो । तर, त्यो सहमति कार्यान्वयन नभएको भन्दै पीडितहरु आक्रोसित भएका छन् ।
व्यबसायी ठप्प भएपछि केही दिन अघि आफूहरुले तुलसीपुर बसपार्कको खाली ठाउँमा ठेब्ली राखेर व्यबसाय गर्न सुरु गरेको भएपनि उपमहानगरपालिकालको डोजर आएर फालिदिएको गुनासो पनि उनीहरुको छ । ‘नजिकै उपमहानगरपालिकाले कोशेली घर बनाएको छ । त्यो कोशेली घरले सडकलाई कुनै अबरोध नहुँने, त्यो भन्दा पछाडी राखेका हाम्रा ढेब्लीले सडकलाई असर गर्ने पनि हुन्छ र?’ उनीहरुले गुनासो गरे ।
त्यो कोशेली घरमा राख्न पनि उनीहरुले माग गरेका थिए, तर आफूहरुलाई थाहै नदिएर कोशेली घरमा अरु व्यबसायी राखेको समेत उनीहरुको गुनासो थियो ।
विकासकालागि भनेर आफूहरुले घर भत्काउन दिएको भएपनि घर भत्काएका स्थानमा अरुको रजाइ हुने गरेको छ । जहाँ घर भत्काईएका थिए, त्यहाँ ठेला व्यबसायीहरुले व्याबसाय गरिरहेका हुन्छन् । सडक विस्तारको काम भएको छैन ।
उनीहरुले घर फाल्ने कार्यपालिकाले निर्णय गरेपछि उच्च अदालत तुलसीपुरमा मुद्दा समेत दायर गरेका थिए । तर, विकासकालागि भनेर भद्र सहमति गरेर आफै पनि घर फाल्न तयार भएका थिए । जतिबेला तत्काल दाङ–सुर्खेत सडकको अगाडी बढाउने भनेर घर फाल्न तयार भएको उनीहरु बताउछन् । २०४५ सालदेखि सोही स्थानको ऐलानीमा आफूहरु बस्दै आएको उनीहरुको भनाई थियो । साथै तुलसीपुर ५ का वडाध्यक्ष विरेन्द्र शाहले गरीब मारा शब्दहरु पीडितहरुको मानहानी हुने गरेको खेद प्रकट गरेका थिए । धनीहरुले ढेब्ली राखेको भनेर आफूहरुमाथि थप पीडा दिएको उनको भनाई थियो ।
हामीलाई जानकारी नदिएर हाम्रो ढेब्ली भत्काईयो
आफूहरुले तुलसीपुर ५ का वडा सदस्य अजय वुढाथोकीलाई सोधर त्यहाँ ढेब्ली राखेको भएपनि फाल्ने बेला आफूहरुलाई कुनै जानकारी नदिएर ढेब्ली हटाईदिएको समेत उनीहरुको बताए ।‘ढेब्ली फाल्दा कम्तीमा हामीहरुलाई जानकारी हुनु पथ्र्यो, कुनै जानकारी भएन्’ पीडित धनबहादुर बुढाले भने‘ कता तीन दिने सूचना निस्केको छ, भन्ने थियो, तर हामीलाई न त चिठी आयो, न त अन्य माध्यामबाट जानकारी नै भयो ।’
आफूहरु उपमहानगरपालिकालाई भाडा तिर्न पनि तयार रहने भनेपनि उचित व्यबस्थापनमा कुनै चासो नदिएको उनको भनाई छ । आफूहरुले उचित व्यबस्थापनको माग पटक–पटक गर्ने उनले बताए । यदि माग सम्बोधन नभए कडा भन्दा पनि कडा आन्दोलन गर्ने तुलसीपुरमा पत्रकार सम्मेलन गरि चेतावनी समेत दिए ।
लाइभदाङ । २३ श्रावण २०७८, शनिबार १९:४४ बजे