लुम्बिनी प्रदेश मोर्डन पेन्टाथलोन संघ गठन

टेकराज भण्डारी
दाङ, २ असार ।
लुम्बिनी प्रदेश मोर्डन पेन्टाथलोन संघ गठन भएको छ ।

लुम्बिनी प्रदेश मोर्डन पेन्टाथलोन संघका केन्द्रीय अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा एवम् प्रदेश खेलकुद परिषद, लुम्बिनीका सदस्य सचिव जय प्रकाश् भट्टको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । १३ जना सदस्यमा लुम्बिनी प्रदेश मोर्डन पेन्टाथलोन संघ गठन भएको हो ।


अध्यक्ष योगेश मल्ल, उपाध्यक्ष दिप बस्नेत र शिव लाल भट्टराई, महासचिव करूणा शाह, सचिव प्रणिल भुसाल , रमेश महरा कोषाअध्यक्षमा चयन भएका छन् ।

सदस्यहरू ऋषिराज लहरे (अरूण), बसन्त गिरी , टेक नारायण टण्डन , बिकास गौतम , दिपक अधिकारी , भुपेन्द खड्का र प्रधुम्न मान श्रेष्ठ चयन भएका हुन ।