तुलसीपुरमा पहिलो दिन मेयरमा तीन जनाको उम्मेदवारी

तुलसीपुर
११ वैशाख / दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा पहिलो दिन तीन जनाको उम्मेदवारी परेको छ ।

आईतबार नेकपा मालेका महेन्द्र शाह, राष्ट्रिय जनमुक्ति पार्टीका ढुण्डीराज चौधरी र मंगोल नेशनल अर्गनाइजेसनका जया घर्तीले मेयरमा उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।


त्यस्तै उपप्रमुखमा मंगोल नेशनल अर्गनाइजेसनका दमबहादुर छन्तयाल र स्वतन्त्रबाट सुशिल नेपालीले उम्मेदवारी दिएका छन् ।