पश्चिम दाङमा हाडजोर्नी तथा नसा समबन्धि बिरामी बढ्दै

निरला अर्याल
दाङ, ६ फागुन । 
दाङ शान्तिनगर गाउँपालिका ७ निवासी ८० वर्षीय रेशम बहादुर चौधरीलाई शरीरमा समस्यै समस्या छ । शरीरका नदुख्ने ठाउँ कतै छैन। कहिले खुट्टाको दुखाइले हिँड्न सक्नु हुन्न त कहिले ढाडको समस्याले बसेको ठाउँबाट उठ्न सक्नु हुन्न । विगत ८/९ वर्ष देखि गाउँघर मा घरायसी औषधिको भरमा बस्नु भएका चौधरीलाई ठूलो अस्पताल पुग्न सकस छ। सरकारले उपलब्ध गराएको भत्ता जम्मा गरी अस्पताल जाने सोच बनाउनु भएको रेशम चौधरी आफ्नो बस्तीमा स्वास्थ्य शिविर र निःशुल्क जाँच तथा औषधि पाउने खबर पाएपछि शिविरमा आयको बताउनु भयो । उहाँले भन्नुभयो ‘ठूला डाक्टरहरु शिविरमा आए पछि मलाई टाढा जानु नपर्ने भयो शरीरको रोग पनि ठिक हुने भयो । भत्ता पनि जोगिने भयो ।’
शान्तिनगर ७ कै ६२ वर्षका बुद्धिराम गोरेको समस्या पनि उस्तै छ। शरीरको दुखाइले रातभरि छट्पटाएर बस्नु पर्ने वाध्यता छ। भने श्वास प्रश्वासमा पनि समस्या छ । वर्षौं देखि रोग पालेर बस्नु भएका गोरे निःशुल्क स्वास्थ्य शिविरमा चेक जाँच गराउनु भयो । गाउँघरमा स्वस्थ्य शिविर पुगेपछि जाँच गराउन सहज भएको गरेको भनाई छ। घरमा बुढा बूढी दुवै जना विरामी छौ । प्रेसरले गर्दा खुट्टा राम्रोसंग चल्दैन लौरीको सहारामा हिड्नु पर्छ । शिविरमामा आउनु भएका डाक्टरले दिएको औषधिले सञ्चो भए पछि धेरै वर्ष बाँच्ने आस छ ।
व्यवसायिक अधिकारको सुरक्षासंगै व्यवस्थित व्यवसाय भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल औषधि थोक व्यवसायी संघले आफ्नो आठौ स्थापना दिवसको अवसर पारी सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देसले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविर पुग्नु भएकी शान्तिनगर गाउँपालिका निवासी ५५ वर्षीया यमा खड्का छातीको बायाँ भाग दुख्ने समस्या लिएर जानु भएको थियो। अस्पताल जानी दिन कुर्दा कुर्दै घरको कामले समय निकाल्न सक्नु भएको थिएन। शनिबार आफ्नै स्वास्थ्य चौकीमा शिविर पुगेपछि चेक जाच गर्न पाउँदा सरकार भएको महसूस गर्नु भयो ।
स्वास्थ्य क्षेत्रमा पहुंच नपुगेका बस्ती तथा निम्न वर्गका नागरिकलाई लक्षित गरेर विशेषज्ञ सेवा सहित शिविर सञ्चालन गरिएको स्थानिय समाजसेवी तथा स्वास्थ्य शिविर संयोजक विजय केसीले वताउनु भयो ।


नेपाल औषधी थोक व्यवसायी संघ दाङ शाखा अध्यक्ष शेषकान्त ढकालको अध्यक्ष्यतमा भएको शिविरको उद्घाटनमा बोल्दै प्रमुख अतिथि शान्तिनगर गाउँपालिका का अध्यक्ष्य प्रमोद बस्नेतले पालिकाका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न विभिन्न ठाउँहरूमा शिविर सञ्चालन गरिएको बताउनु भयो । ग्रामिण भेगमा रहेका नागरिकहरुले विभिन्न कारणले रोग लुकाएर राख्ने बानि परेको हुदा घर आगनमा विशेषज्ञ सेवा उपलब्ध गराएका हौं बस्नेतले भन्नुभयो ।
शिविरमा आएका अधिकासं बिरामीहरु हाड जोर्नी नसा समबन्धि रहेको हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. हेमराज शर्माले बताउनु भयो। जटिल प्रकृतिका रोगको पहिचान भएका बिरामीहरूलाई अस्पतालमा रिफर गर्छौं डा.शर्माले भन्नुभयो । गाउँपालिका को सिफारिसका आधारमा सिटी अस्पतालले बिरामीको अवस्था हेरी उपचारमा सहयोगमा गर्ने सिटी हस्पिटल तुलसीपुर प्रलिका अध्यक्ष्य विमल रिजालले प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा नेपाल औषधि थोक व्यबसायी संघका केन्द्रीय सदस्य सरद राज शर्मा,लुम्बिनी प्रदेश अध्यक्ष शालिकराम आचर्य लगायतका व्यक्तिहरूले शुभकामना राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण नेपाल औषधि थोक व्यबसायी संघका प्रदेश महासचिव तुफान बाबु श्रेष्ठले गर्नु भएको थियो । शिविरमा ८ सय बढी बिरामीहरूलाई सेवा लिएको प्राली का प्रबन्धक निर्देशक हेमराज बस्नेतले जानकारी दिनुभयो। शिविरमा पुरुष भन्दा महिलाको संख्या बढी रहेको छ। शिविरमा वरिष्ठ फिजिसियन, हाडजोर्नी विशेषज्ञ र स्त्रीरोग विशेषज्ञ लगायतका चिकित्सकहरुबाट बिरामीको स्वास्थ्य परिक्षण गरिएको छ। शिविरमा प्राविधिक सहयोग तुलसीपुर सिटी हस्पिटल प्रा.लि. को रहेको छ भने स्थानिय व्यवस्थापन शान्तिनगर गाउँपालिका वडा नम्वर ५-६ र ७ को रहेको छ । साथै शिबिरलाई प्रभावकारी बनाउन र व्यबस्थित गर्न नेपाल औषधी तथा बिक्री प्रतिनिधीसंग दाङ ईकाई, आरसीसी भिलेज काशिपुर तथा शान्तीनगर थारु समाज लगायतका संस्थाहरुको सहयोग रहेको छ ।