व्यवहारिक मुक्तिका लागि सीप आवश्यक

घोराही, ८ वैशाख  ।

कम्लहरीलाई व्यवहारीक मुक्त गर्नका लागि व्यवसायीक सीप आवश्यक भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

तत्कालिन समयमा कम्लहरी वस्नु बाध्यता भन्ने गरिए पनि यो समस्या चेतनामा कमी भएका कारण मुक्तिको अभियान थालिएको उनीहरुले वताएका थिए ।

मानविय सहायता नेपालको आयोजना तथा घोराही उपमहानगरपालिका वडा नम्वर –१७ को आर्थिक सहयोगमा सञ्चालन भएको मुक्त कम्लहरीका लागि तीन दिने उद्यमशिलतम तालिम उद्घाटन कार्यक्रमका सहभागिले व्यवहारिक मुक्तका लागि व्यवसायिक सीप आवश्यक भएको वताएका हुन् ।


व्यवसायीक सीप नहुंदा जिवनस्तरमा सुधार नआउने र कम्लहरीको समस्या समाधान नहुने भएका कारण सीप मुलक तालिम आवश्यक भएको बताएका थिए ।

मानविय सहायता नेपालका अध्यक्ष वसन्त पोख्रेलको अध्यक्षता तथा घोराही १७ का वडा अध्यक्ष खुसिराम चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा वोल्दै प्रमुख अथिति खुसिराम चौधरीले मुक्त कम्लहरीको जीवन स्तरमा सुधार ल्याउन आवश्यक भएको वताए ।

संस्थाका सचिव देविराम कुसारीले सहजीकरण गरेको कार्यक्रममा वडा सदस्य कुलप्रसाद घिमिरे, रेमन्ता पुन, एवि सुनार, सिचव माधव देवकोटा प्रशिक्षक भुवन चौधरी लगाएतले वोलेका थिए ।

तालिममा मुक्त कम्लहरी समुदायका ३५ जनाको सहभमगिता रहेको छ ।