
दाङ, ३ साउन ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला दाङमा लागुऔषध विरुद्धको विशेष अपरेशन ‘ह्वाइट वेब’ सञ्चालन गरी ४८ ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार, दाङमा लामो समयदेखि ब्राउन सुगरको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा बा १७ च १४२२ नम्बरको निजी कारलाई खानतलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला परेको हो ।
जसमा संलग्न रहेको आरोपमा लमही नगरपालिका ५ निवासी ३७ बर्षीय सुदन पुलामी, र लमही ३ निवासी २६ बर्षीय निश्चल केसीलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लागुऔषधको जालो तोड्न लुम्बिनी प्रदेश प्रहरीले यो अभियान चलाएको छ ।



लाइभदाङ । ३ श्रावण २०८३, आईतवार २१:१५ बजे