नेपाली काङ्ग्रेस दंगीशरणको तेस्रो पालिका स्तरीय सम्मेलन सम्पन्न

दंगीशरण, १९ फाल्गुन ।
नेपाली काङ्ग्रेस दंगीशरणको पालिका स्तरीय तेस्रो सम्मेलन सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस दंगीशरणका पार्टी सभापति एवम गाउँपालिका अध्यक्ष शम्भु गिरीको शभापतीत्व,नेपाली काङ्ग्रेस दाङका पार्टी सभापती शंकर प्रसाद डाङ्गीको प्रमुख आथित्यता लुम्बिनि प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य शंकर गिरी र नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि केशव आचार्यको बिशिस्ट आथित्यतामा तेस्रो पालिका स्तरिय सम्मेलनको समापन गरीको हो ।

पार्टीले एक वर्षको अवधिभरम के कस्ता क्रियाकलाप ग¥यो र सङ्गठनलाई चलायमान बनाउन के कस्ता गतिविधि भए भन्ने कुराको लेखाजोखा गर्न सम्मेलनको आयोजना गरीएको दंगीशरणका पार्टी सभापती शम्भु गिरीले जानकारीदिए ।

सम्मेलनको अवसरमा बोदै नेपाली काङ्ग्रेस दाङका सभापती शंकर प्रसाद डाङ्गिले काङ्ग्रेस दाङले पार्टीलाई चलयामान बनाउन र पार्टीको विधानले निर्दिश्ट गरेको विधान बमोजिम आफुहरु अगाडि बढ्न सफल भएको बताए । वडा सम्मेलन पालिका सम्मेलन हुदै जिल्ला सम्मेलन गरी काङ्ग्रेसलाई एकिकृत गर्न सफल भएको बताए ।

इतिहासलाई जिबन्त बचाउन र क्रियाशिलताले मात्र काङ्ग्रेसको संघठन सफल र अब्बल हुने बताए । क्षेत्रीय प्रतिनिधि देखि माथिल्नो तहका ९० प्रतिशत माथिका काङ्ग्रेसका सबै नेता कार्यकर्ताहरु संगठन निर्माणका लागि लाग्नुपर्ने बताए। कम्तिमा ३ महिनामा १र२ पटक भएपनि काङ्ग्रेसका कार्यक्रताहरु बसेर छलफल गर्नुपर्ने बताए ।


कार्यक्रममा बिशिस्ट अथिती महाधिवेशन प्रतिनिधि तथा लुम्बिनी पदेशका निवर्तमान प्रदेसशभा सदस्य शंकर गिरीले पार्टीमा आवद्ध कार्यकर्ताहरुले आफ्नो संगठनको सकारात्मक टिकाटिप्णी गर्दिन आग्रह गरे । यस्तै गिरीले द्वन्द्वकालमा मारीएका काङ्ग्रेस नेताहरुको नामबाट सडक तथा सालिक निर्माणमा चासोदिन आग्रह गरे ।

यस्तै कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि केशव आचार्यले पार्टीको निति सिद्धान्त अनुरुप अगाडि बढ्न सुझाव दिए । यस्तै नेता आचार्यले नेतृत्व सुध्रिन आवश्यक रहेको समेत बताए ।

यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेस दाङका सचिव अर्जुन योगी,नेपाली काङ्ग्रेस नगर सभापति शुरेश हमाल,पुर्व जि.बि.स सभापती भरत के.सी.जिल्ला सदस्य शंकर शर्मा,शोभाकर न्यौपने, महाधिवेशन प्रतिनिधि घनश्याम सेरपाइली ,क्षेत्र नं. ३ का सभापती खिम बहादुर वली, ३ का सचिव पुर्ण के.सी.३ का सहसचिव भिमकान्त भट्टराई, क्षेत्र नं. ३ ख का सहसचिव रमेश भण्डारी, कार्यपालिका सदस्य सितरा नेपाली,टंकी भण्डारी,प्रदेश प्रतिनिधि मधु चौधरी,नेपाल विद्यार्थी संघका जिल्ला सदस्य अर्जुन भट्टराई, तरुणदलका नबिन योगी, जिल्ला सदस्य पद्मा चौधरी,वडा नं. ७ का वडा सभापति टेक बहादुर थापा, बबइ गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री,शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, नेपाली काङ्ग्रेस शान्तिनगरका सचिव दिपक लामिछाने लगायतले आ–आफ्नो भनाइ राखेका थिए।

नेपाली काङ्ग्रेस दंगीशरणका उपसभापती गिरीराज न्यौपानेको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण नेपाली काङ्ग्रेसका पार्टी सचिव ओपेन्द्रराज शर्माले गरेका थिए।