घोराहीमा माओवादीबाट डायमण्डको एकल नाम सिफारिश

दाङ
७ बैशाख / पाँच दलिय गठबन्धनले दाङको घोराहीमा माओवादी केन्द्रको भागमा पारेसंगै माओवादीले नाम सिफारिश गरेको छ ।

पार्टीका जिल्ला संयोजक सुवास पुनका अनुसार घोराहीको प्रमुखकालागि हेमराज शर्मा‘डायमण्ड’को मात्रै नाम सिफाशिर गरेको छ ।


यस अघि माओवादी भित्रका उम्मेदवार जीवन गौतमले केही दिन अघि मात्रै पार्टीबाट राजीनामा दिएपछि डायमन्डको एकल सिफारिश भएको हो ।