दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

तुलसीपुर, ३ असोज । दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

लमहीबाट घोराही तर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका वडा नं.१८ निवासी २२ बर्षीय श्रवन कुमार पुन र पछाडी सवार घोराही ४ निवासी २१ बर्षीय विनोद केसीको मृत्यु भएको हो ।


विहीबार विहान उक्त लमही नगरपालिका ६ वेलदमारमा दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको लमही अस्पतालमा उपचारकालागि लगिएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

उनीहरुलाई अस्पताल पु¥याए लगतै डाक्टरले मृत घोषणा गरेका थिए ।