क्षमता मूल्यांकनमा राप्ती गाउँपालिकाले देशकै तेस्रो

दाङ, ७ भदौ । स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकन(लिसा) मा दाङको राप्ती गाउँपालिका देशकै तेस्रो भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने स्थानीय सरकार संस्थागत क्षमता मुल्यांकन नतिजामा राप्ती गाउँपालिकाले ८६.७५ अंक सहित तेस्रो बनेको हो ।

पहिलो हुने पालिकाले ८७.२५, दोस्रो हुने पालिकाले ८७ र तेस्रो हुने पालिकाले ८६.७५ अंक प्राप्त गरेका छन् । जनप्रतिनिधि र कर्मचारीको समन्वयमा काम गर्दा पालिका हरेक क्षेत्रमा उत्कृष्ट नतिजा हाँसिल गरेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । साथै राप्ती गाउँपालिका दाङको भने पहिलो हुन सफल भएको छ ।


यो पनि

दाङमा कार्यसम्पादनमा राप्ती गाउँपालिका पहिलो