घोराहीमा ट्याक्टर पल्टिएर एक जनाको मृत्यु

दाङ । घोराहीमा ट्याक्टर पल्टिएर एक जनाको मृत्यु भएको छ । बुधवार विहान साढे १० बजे घोराही उपमहानगरपालिका १४ कपासे स्थित बिग्रीएको रा १ त ३३७० नम्बरको ट्याक्टरलाई रा १ त ४६११ नम्बरको ट्याक्टरले तानेर ल्याउने क्रममा पछाडिको ट्यारले ठक्कर दिदा घोराही–तुलसीपुर सडक खण्डमा पल्टिएको थियो ।मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १० उत्तरअम्राई बस्ने अन्दाजि २२ वर्षीय सुदन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । दुर्घटनाबाट घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।