मावि उरहरीमा अखिल क्रान्तिकारी गठन

प्रविन देवकोटा
तुलसीपुर,
११ चैत / माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तुलसीपुर ११ स्थित मावि उरहरीमा कमिटि गठन गरिएको छ । नारायण बाठा मगरको अध्यक्षतामा ६० सदस्यीय मुल इकाई कमिटी गठन गरिएको हो ।

जसको रमा चौधरी, सन्ध्या रोका, मुकेश केसी, सचिबमा शिक्षण चन्द, सहसचिबमा संगीता परियार, नविना कुसारी र कोषाध्यक्षमा शुशिला घर्ती मगरलाई चयन गरिएको छ ।


त्यस्तै खेलकुद बिभाग प्रमुखमा सपना परियार, महिला बिभाग प्रमुखमा लक्ष्मी रोका, सास्कृतिक बिभाग प्रमुखमा लोकराज बाठा मगरलाइ चयन गरिएको छ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश सचिव मदन जीएम, दाङ जिल्ला कमिटी सहसचिव रामचन्द्र बुढा मगर, कोषाध्यक्ष हिरालाल ओली‘जनार्दन’,जिल्ला कमिटी सदस्य एवम दंगीशरण अध्यक्ष भुपेस खत्री,अखिल क्रान्तिकारी तुलसीपुर उपमहानगर कमिटी सह–सचिव मधुसूदन दहाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण अखिल क्रान्तिकारी दाङ जिल्ला कमिटी सदस्य एवम तुलसीपुर नगर कमिटि अध्यक्ष अमर विकले गरेका थिए ।