दाङमा ट्रकको ठक्करबाट बालकको मृत्यु

दाङ, २७ चैत ।

घोराही तुलसीपुर सडक खण्डमा भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।


तुलसीपुर उपमहानगरपालिका १७ मज्गै चोकमा युपी ४२ बीपी २४०१ नम्बरको ट्रकले शनिबार राति ठक्कर दिँदा सोही ठाउँका ८ वर्षीय योगश बस्नेतको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका बालकलाई उपचारका लागि लखनउ लग्ने क्रममा बिहान बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।