अप्टिमिष्टले दियो भुकम्प सुरक्षाकालागि सचेतना

तुलसीपुर,२ माघ । राष्ट्रिय भुकम्प सुरक्षा दिवसका अवसरमा अप्टिमिष्ट क्लब अफ तुलसीपुरले सचेतना फैलाएको छ । क्लबले सोमबार तुलसीपुर ९ दोघरे स्थित सप्तरंगी इग्लिस बोर्डिङ स्कुलमा कार्यक्रम गरि विद्यार्थीहरुलाई सचेतना प्रदान गरेको हो ।

त्यस अवसरमा विद्यार्थीहरुलाई क्लबका अध्यक्ष मानबहादुर बस्नेतले भुकम्पको बारेमा जानकारी दिै सचेतना प्रदान गरेका थिए । भुकम्प जतिबेला पनि जान सक्ने भन्दै यसबाट बच्न पूर्वसर्तकता अपनाउनु पर्ने बताए ।‘भुकम्प कति बेला जान्छ भन्ने हामीलाई थाहा हुँदैन्, भुकम्पले मान्छेको ज्यान लिने होईन्, हामीले बनाएका संरचनाले मान्छेको ज्यान लिने हो’,उनले भने‘त्यसैले हामीले सचेत हुनुपर्छ ।’

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष घनश्याम ढकाल, तुलसीपुर उपमहानगरपालिकाका वातावरण तथा विपद ब्यस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, सप्तरंगी स्कुल ब्यबस्थापन समितिका अध्यक्ष ललितजंग शाह, समाजसेवी मुक्तप्रसाद न्यौपाने,तुलसीपुर नगर जेसिजका कार्यबहाक अध्यक्ष पूर्ण विक्रम डाँगी, क्लबका नेत्रलाल भट्टराईलगायतले भुकम्पबाट विद्यार्थीहरु सचेत हुनुपर्ने र समाजलाई सचेत बनाउनु पर्ने बताएका थिए ।


त्यस अवसरमा क्लबका उपाध्यक्ष कमल साप्कोटाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने प्रबक्त दीपक बोहराले धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिब एकराज भण्डारीले गरेका थिए ।