तुलसीपुर
२७ चैत / नेकपा माओबादि (केन्द्र) तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ वडा पार्टी कार्यालय उदघाटन गरिएको छ ।
वडाको पार्टी कार्यालय बेलटाकुरामा स्थापना गरिएको हो । पार्टीका वडाध्यक्ष गोपाल मल्लको अध्यक्षता तथा पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य शेसुराम भण्डारीको प्रमुख आतिथ्य एवं नेकपा माओबादी केन्द्रका केन्द्रीय लेखा आयोग सदस्य राम बहादुर दहित‘अञ्जान’को बिशिष्ट आतिथ्यमा भएको हो । त्यस अवसमा बक्ताहरुले पार्टीलाई वडावडाबाटै मजवुद बनाएर लैजानु पर्ने बताएका थिए ।
त्यस अवसरमा तुलसीपुर नगर इन्चार्ज प्रेमराज वली‘प्रभात’, पार्टीका लुम्बिनी प्रदेश कमिटि गोपाल वली‘प्रवीन’, मिना बुढा, नगर कमिटी सदस्य खुसिराम चोैधरी ,नगर कमिटी सहसचिव भिम बहादुर चौधरीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वडा कमिटि सचिब खम्बु रोकाले गरेका थिए ।
लाइभदाङ । २७ चैत्र २०७८, आईतवार ११:४१ बजे