बक्सिङको राष्ट्रिय खेलमा लुम्बिनीबाट दाङका ओली छनोट

तुलसीपुर,२४ चैत ।

काठमाडौंमा हुन लागेको गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा लुम्बिनी प्रदेशबाट दाङका सुरज वलीले सहभागिता जनाउने भएका छन् । चैत २१–२३ गतेसम्म धनगढीमा भएको बक्सिङ प्रतियोगिताबाट लुम्बिनी प्रदेशबाट दाङ तुलसीपुर–५, रानीजरुवा निवासी वली छनोट भएका हुन् । ५२ केजी तौल समूहबाट वली छनोट भएका हुन् ।


प्रतियोगितामा ७ जना सहभागि थिए । ति मध्ये वली प्रथम हुन सफल भएका हुन् । आउदो बैशाख ६ गते काठमाडौंमा राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने छ । उनी राष्ट्रिय खेलमा पनि उत्कृष्ट भएर दाङको नाम राख्ने होडमा छन् ।भन्छन् ‘म बक्सिङ खेलमा जितेर प्रथम हुने होडमा छु ।’ आमा, वुवाको प्रेरणाले नै यो स्थाानमा आउन सफल भएको उनी बताउछन् । सानो हुँदा वुवा जयबहादुर वली र आमा शुष्मा वलीले नै आफूलाई यो खेलमा प्रेरणा प्रदान गरेको बताउछन् ।