अष्टिमिष्टद्वारा बक्तृत्वकला प्रतियोगिता

तुलसीपुर,२२ वैशाख । अप्टिमिष्ट क्लब अफ तुलसीपुरको आयोजनामा तुलसीपुरमा बक्तृत्वकला प्रतियोगिता भएको छ । ‘डिस्कोभरिङ् द अप्टिजम विथइन मि’ (आफू भित्र आशाबाद खोज्दै) शीर्षकमा बक्तृत्वकला प्रतियोगिता भएको हो । तुलसीपुर ६ स्थित ग्रेट अरणीको माध्यामिक विद्यालयमा भएको उक्त कार्यक्रममा तुलसीपुरका संस्थागत तथा सरकारी विद्यालयका छात्र छात्राहरुको सहभागितामा प्रतियोगिता भएको हो ।
शुक्रबार भएको उक्त प्रतियोगितामा प्रिन्सा गिरी(प्रथम), इन्द्र बहादुर खत्री(द्धितिय), बिनोद केसी (तृतिय) र प्रतिभा गिरी(सान्त्वना) भएका थिए ।
क्लबका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.६ का अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि भण्डारीले विद्यार्थीको क्षमता विस्तारमा यस्ता कार्यक्रमले महत्वपूणर् भूमिका निर्वाह गर्ने बताएका छन् ।
प्रतियोगिताको निणर्ायकमा क्लवका सल्लाहकार एवं ग्रेट अरनीको माविका प्रधानाध्यापक बिष्णु प्रसाद देवकोटा, मावि दोघरेका प्रधानाध्यापक सुनिता यादब र जिवन ज्योति माविका प्रधानाध्यापक केपी न्यौपाने रहेका थिए ।

क्लवका शिक्षा सम्योजक युबराज डाँगीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा आस्था बाचन मेघराज पोख्रेलले गरेका थिए, भने सहजीकरण कमल प्रकाश शर्माले गरेका थिए । क्लबहरुबाट प्रथम प्रतियोगिहरुलाई ‘जोन वाईज’ र ‘जोन’बाट प्रथम हुने प्रतियोगिहरुलाई ‘डिस्ट्रिक’ स्तरको प्रतियोगितामा सहभागिता बनाईनेछ । १९ बर्ष भित्रका विद्यार्थीहरुकालागि उक्त प्रतियोगिता आयोजना भएको हो ।