बबई गाउँपालिकामा समुदाय उत्थानशिलता अभीबृद्दी कार्यक्रम सञ्चालन हुने

रामप्रसाद सुवेदी 
हापुरे, चैत १८ गते ।

दाङको बबई गाउँपालिकामा समुदाय उत्थानशिलता अभीबृद्दी कार्यक्रम सन्चालन हुने भएको छ। नेपाल रेडक्रस सोसाइटि दाङको पहलमा सन् २०१७ अप्रिल देखि गढवा राजपुर गाउँपालिकामा सञ्चालित परियोजना बबई गाउँपालिकामा पनि २ बर्षको लागि सञ्चालन गर्न लागिएको समुदाय उत्थानशिलता अभीबृद्दी परियोजना दाङका संयोजक जगत तामाङले जानकारी दिनुभयो ।यो परियोजना अन्तरगत दाङ जिल्लाभर ९१ हजार ९८ जना प्रतक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

परियोजनाको बिषयमा आज हापुरेमा बृहत् छलफल गरिएको छ। नेपाल रेड्क्रस सोसाईटि दाङका सभापति नारायण आचार्यको शभापतित्व,बबई गाउँपालिकाकि उपाध्यक्ष सावित्रा बिश्वकर्माको प्रमुख आतिथ्यता तथा बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा समुदाय उत्थानशिलता अभीबृद्दी परियोजना दाङका संयोजक जगत तामाङले कार्यक्रमको बारेमा प्रस्ट पार्नु भएको थियो ।


कार्यक्रममा बिशिस्ट अतिथिको आसनबाट बोल्दै बबई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्लले बबई गाउँपालिकामा यो परियोजना सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाले बबई गाउपालिका जोखिम युक्त गाउँपालिका भएकोले यो कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताउनुभयो । बिपत् ब्यबस्थापन गर्न समुदायमा जान आवश्यक रहेको भन्दै मल्लले यश परियोजनालाई आवश्यक सहयोग र सम्वनयपुर्ण भुमिका निर्वाह गर्न सबै वडा अध्यक्षहरुलाई आग्रह समेत गर्नुभयो । गाउँपालिकामा एउटा सर्पदंसको उपचार केन्द्र आवश्यक रहेको भन्दै यश बिषयमा पहल गर्न रेडक्रसलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा सुआहाराकि लक्ष्मी भण्डारी,बबई गाउँपालिका सुचना प्रबिधि अधिकृत भुवनचन्द बालान,वडा नम्बर ३ का वडा अध्यक्ष नन्दलाल वली,रेड्क्रस पन्चकुले उपशाखा सभापति जुद्दबिर खाम्चा,दाङ शाखा उप-कोषाअध्यक्ष ज्ञान प्रसाद आईतवारे लगायतकाले बोल्नुभएको थियो ।

कार्यक्रममा बबई गाउँपालिकाकाका विभिन्न शाखामा कार्यरत शाखा प्रमुख तथा प्रतिनिधि, ७ वटै वडाका वडा अध्यक्ष र सचिव, विभिन्न क्रियाशील संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,सुरक्षाकर्मी, पत्रकार, रेड्क्रसका जिल्ला शाखाका पदाधिकारी, पञ्चकुले उपशाखाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण देवि प्याकुरेलले गर्नुभएको थियो ।