तुलसीपुरमा श्रीदि कस्मेटिक पसल सञ्चालनमा

तुलसीपुर, २९ जेठ ।
दाङको तुलसीपुर स्थित सल्यान रोडमा श्रीदि कस्मेटिक पसल सञ्चालनमा आएको छ । पसलको उद्घाटन गर्दै तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले उपभोक्तालाई गुणस्तरीय सामान र बोली व्यवहारले प्रभाव पार्न सक्ने भएकाले यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

व्यापारीहरू पलायन हुँदै गएको भन्ने खबर आइरहँदा व्यवसायमा आउने नयाँ जमातको पनि उत्तिकै संख्या बढ्दै गएकाले व्यवसायीका प्रवर्द्धनका लागि राज्य र तिनका निकायहरू पनि जिम्मेवार बन्न आवश्यक रहेको अध्यक्ष घर्तीले बताउनुभयो । करिब ६ लाख लगानीमा कस्मेटिक पसल सञ्चालनमा ल्याएको प्रोप्राइटर खमबहादुर बुढाले जानकारी दिनुभयो ।


कस्मेटिक पसलमा लेडिज जुत्ता, चप्पल, बच्चा र विवाहको सामानहरू सुफथ मूल्य उपलब्ध गराइने बुढाले बताउनुभयो । उद्घाटन कार्यक्रमको सहजीकरण तुलसीपुर चेम्बर अफ कमर्सका महासचिव प्रेम प्रकाश गिरीले गर्नुभएको थियो ।