समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी

काठमाडौं, २३ असोज ।
प्रतिनिधि सभातर्फ समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले आज बिहान सबै राजनीतिक दलहरूको समानुपातिक सूची सार्वजनिक गरेको हो ।

दलहरूले असोज २ र ३ गते निर्वाचन आयोगमा बन्दसूची बुझाएका थिए । त्यसमा असोज १५ र १६ गते संशोधनका लागि समय दिइएको थियो ।


प्रदेश १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ, भने मधेस प्रदेशमा ३६ दलका ९ सय ४८ उम्मेदवारी परेको छ । बागमती प्रदेशमा ४१ दलका ८ सय २५ जनाको उम्मेदवारी परेको छ, भने गण्डकी प्रदेशमा ३१ दलका ३ सय ६८ जनाको उम्मेदवारी परेको छ ।

लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जनाको उम्मेदवारी पर्दा कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जनाको उम्मेदवारी परेको छ र सुदूरपश्चिम प्रदेशमा ३४ दलबाट ३ सय ७६ जनाको उम्मेदवारी परेको छ ।