एमाले कपुरकोटले संगठन विस्तार, भेला तथा प्रशिक्षणलाई तिब्रता दियो

सल्यान, ११ चैत ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपुरकोट गाउँपालिका सल्यानले संगठन विस्तार, भेला तथा प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिएको छ । पालिकाका विभिन्न टोलमा भेला र प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिएको एमालेले शुक्रबार वडा नम्बर ४ को किमिुचौरमा कार्यक्रम सम्पन्न गरेको छ ।

वडा कमिटीको आयोजनामा भएको किमुचौर टोल भेलामा देव बहादुर पुन अध्यक्ष रहेको २१ सदस्यीय टोल कमिटी गठन गरिएको वडा कमिटी अध्यक्ष चित्र बहादुर थापाले जानकारि दिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने १५ जनालाई भेलाका प्रमुख अतिथी एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले स्वागत गरेका छन् । देशभर एमालेमा प्रवेश गर्नेको लहर चलेको भन्दै उनले देश निर्माणको अभियानमा साथ दिने इमान्दार र विवेकशिल नागरिकहरु एमालेमा नै गोलबन्द हुदै गएको बताए ।


कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले समाजमा एमाले विरुद्ध भ्रम छरिएको भन्दै त्यो भ्रमलाई आफ्नो पार्टीले चिर्ने र जनप्रिय पार्टी एमालेले अव आउने चुनावहरुमा शानदार जीत हात पार्ने दाबी गरे ।

वडा कमिटी अध्यक्ष चित्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्यहरु मधुसुदन गिरी, जिल्ला कमिटी सदस्य तथा युवा संघ सल्यानका अध्यक्ष रुपक बुढा, पार्टीका कपुरकोट गाउँपालिका कमिटी अध्यक्ष द्रोण केसी, सचिव मित्रलाल कठायत, सदस्य खडक पुन लगाएतले मन्तव्य राख्दै देशमा अव एमालेको विकल्प नरहेको बताएका थिए । वडा कमिटी उपाध्यक्ष रेशम चन्दको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव दिपक पुनले गरेका थिए ।