अपाङग सहायता सामाग्री बितरण गर्दै–तुलसीपुर १८

कपिल लामिछाने
तुलसीपुर, ६ असार ।

आज एक अनौपचारिक कार्यक्रमको आयोजना गरि तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले बिशेष क्षमता भएका ८ जनालाई अपाङग सहायता सामाग्री वितरण गरेको छ । समाजमा पछाडी परेका र आफ्नो शरिरले साथ नदिएकाहरुका लागी स्थानीय सरकार जहिलेपनि उभिएको र समाजका हरेक बर्ग, लिङग, जातजातीका जस्तासुकै समस्याहरु भएपनि समाधान गरी उनिहरुको सरल जिवनयापनमा वडाले जहिले अग्रपङतीमा रहेर काम गर्ने सामाग्री बितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष माधव वलीले बताउनुभयो ।


कार्यक्रममा वडा अध्यक्ष वलीले समाज परिवर्तनका लागी बिशेष क्षमता भएका ब्यक्तिहरुको बिकास अनिबार्य भएको भन्दै समाजले हेर्ने दृष्टिकोण अब बदलिनुपर्ने र त्यस्ता फरक क्षमता भएका ब्यक्तिहरुका लागी वडाले मात्रै नभएर समग्र राज्यले यसका बिषयमा गम्भिर भएर सोच्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिबेक सिंह परियार, होता कुमारी बस्नेत, नेप्टे सर्केनी र श्रवण सुनारलाई १/१ थान ह्यील चियर, रामचन्द्र बुढा, हर्क सिं खड्का र गण बहादुर बुढालाई १/१ थान लठ्ठी, र भुल बहादुर कामीलाई बैशाखी बितरण गरिएको थियो । कार्यक्रममा वडासदस्य धन बहादुर बस्नेत, शितल प्रसाद बुढा मगर, वडा सचिव रामकुमारी मरासिनी लगाएतले आफ्नो धारण राख्नुभएको थियो ।