यातायात मजदुरको हकहितका निम्ति काम गर्छौ : वली

तुलसीपुर, १० असार ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपमहासचिव खगेन्द्र वलीले यातायात मजदुरहरुको हकहितका निम्ति काम गर्ने बताउनु भएको छ । संगठनको ४५ औँ स्थापना दिवसका सन्दर्भमा जिल्ला कमिटि दाङले आईतवार तुलसीपुरमा आयोजना गरेको दिपप्रज्वलन कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो ।

यातायात श्रमिक वर्गहरुको मुद्धालाई अघि सार्दै स्थापना भएको संगठनले सधै उनीहरुको पक्षमा आवाज उठाउने उहाले बताउनुभयो । यातायात क्षेत्रका श्रमीकहरुको हक र अधिकारको निम्ति कठिन परिस्थितिमा संगठनको स्थापना भएको उहाले बताउनुभयो ।


संगठनले देशभरका यातायात मजदुरहरुको सवाललाई उठाउदै आएको र आगामी दिनहरुमा पनि हकहितका लागी संघर्ष गर्ने वलीले बताउनु भएको छ । साथै यसका निम्ति सम्पुर्ण यातायात मजदुरहरु एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । जिल्ला अध्यक्ष दिपक कुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य कालि प्रसाद योगी, संगठनका जिल्ला संस्थापक चुडा बहादुर विक लगाएत यातायात मजदुरहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण जिल्ला सहसचिव प्रकाश भण्डारीले गर्नु भएको थियो । संगठनले स्थापना दिवसको अवसरमा यस अघि सरसफाई कार्यक्रम, रक्तदान कार्यक्रम गरेको थियो ।संगठनको स्थापना २०३६ असार ९ गते सुनसरीको पानीपीया भन्ने स्थानमा भएको थियो ।