संघर्ष र सफलताले डाक्टर बनेका रौंनियार

भवानी न्यौपाने(भावनी)
संसारमा जसले आफुलाई चिन्दछ उसले नै संसार चिन्दछ । जिवन एउटा संघर्ष हो । एक पछि अर्काे सृङ्खला हिडिरहेको हुन्छ मानिस । जुन मानिस जिवनमा आइपर्ने चुनौति र संघर्षसंग डराउछ,उसले जीवनमा कहिले सफलता प्राप्त गर्न सक्दैन । आज म आम पाठक माझ संघर्ष र अभावसंघ कत्ति पनि नडराई आफ्नै लगनशिलताले सफल बन्न पुगेका एक लगनशिल ब्यत्तित्व डा. मुलरी मनोहर नौनियारको जीवनी लिएर आएकी छु । त्रिवेणी मुस्ता गाविस वडा नं. ६ रानीनगर नवलपरासी जिल्लामा २०१६ बुवा विष्णुप्रसाद रौनियार तथा आमा स्वर्गीय रुमालिदेवी रौनियारको कोखबाट जन्मिएका डा. मुरली मनोहर रौनियारको वाल्यकाल आफ्नो बुवाको कृषि पेसाको कार्य अभावमै वितेको थियो ।

कक्षा ५ सम्म राष्ट्रिय प्रावि कुडि नवलपरासीको अध्ययन प्रश्चात ६ कक्षा देखि ११ कक्षा सम्म गण्डक योजन उच्च विश्व विद्यालय बालमिकि नगर प.चम्पारण विहार भारतमा गरेका डा. रौनियारले १९७४ मा सितादेवि रौनियार सित दाम्पत्य जीवन गासेका थिए । कर्मश १९७४ देखि १९७६ को आइ.एस.सि अध्ययन मुंशीसिंह महाविद्यालय (एम.एस) कलेज मोतिहारी विहारमा गरेर वि.एम.एस.सी सम्मको अध्ययन १९७६ देखि १९८३ सम्म पुरा गरे विहार बिश्व विद्यालय मुजफ्फरपुर अन्तृगत रबिन्द्रनाथ मुर्खजी आर्युवेद मेडिकल कलेज मोतिहारी बिहार (भारत) मा आफ्नो अध्ययन सकेका डा. रौनियारका श्रीमती दुई छोराहरु डा. मुक्तिनाथ रौनियार र डा. हेमन्तकुमार रौनियार छोरी इन्द्रावती रौनियार र सुविना रौनियार बुहारीहरु पार्वती रौनियार र दिपा रौनियार र नाती दिपेश रौनियार र हंश रौनियारका साथ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ आफ्नै निवासमा वस्दै स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।

प्रस्तुती : भवानी न्यौपाने(भावना)

उनी सर्वपथम नेपाल सरकारको सेवामा जिल्ला आर्युवेद औषधालय कुष्मा नवलपरासीबाट प्रवेश गर्दै विं .स. २०४१ बैशाख देखि २०४३ आषाढ मसान्त सम्म त्यही कार्यरत थिए । त्यसपछि उनले भेरी अञ्चल आर्युवेद अस्पतालमा काम गरे । २०४३ देखि सरकारी सेवामा कार्यरत डा. रौनियार स्थाइ सेवा सुर्खेत जिल्लाको वादे पिपलबाट सुरुवात भयो र उनी त्यहाँ २०४३ पुससम्म कार्यरत रहे ।

क्रमसः त्रिवेणी आर्युवेद औषधालय त्रिवेणी नवलपरासीमा २०४३ माघ देखि २०४४ असारसम्म पुगे । सल्यान जिल्लाको छत्रेश्वरी गरीज्युला औषधालयमा २०४४ देखि २०४८ सम्म काम गरेपछि क्षेत्रिय आर्युवेद चिकित्सालय विजौरी दाङमा २०४८ माघ देखि २०५३ माघ सम्म कार्यरत रहेका डा. रौनियार यहि क्रममा राप्ति अञ्चल आर्युवेद औषधालय तुलसीपुर दाङमा २०५३ माघ देखि २०६० असारसम्म कार्यरत रहे ।


महाकाली अञ्चल आर्युवेद औषधालय महेन्द्रनगरमा २०६० साउन देखि २०६२ असार सम्म काम गरेका डा. रौनियार पुर्णः राप्ति अञ्चल आर्युवेद औषधालय तुलसीपुर दाङमा कार्यरत थिए । जागिर जीवनको लामो यात्रा पछि २०६३ साल साउन देखि २०७४मसान्त सम्म आफ्नो कार्यकाल पुरा गरि २०७५ बैशाख देखि सरकारी जागिरे जीन्दगीबाट अवकास भएका डा. रौनियार हाल आफ्नै प्राभेट रौनियार पोलिक्निक तुलसीपुरमा कार्यरत हुदै सेवा निवृत जीवन पनि मेहनत र लगनशिलताले बिताउदै आएका छन ।

आफ्नो ब्यस्त जीवनमा रम्दै आएका डा. रौनियार बाल्यकाल देखिको लगाव र संघर्ष र मेहनतको परिनामले नै उन िसफल डाक्टरको रुपमा परिचित छन् । मृदुभाषि, सरल स्वभावमका धनी डा. रौनियार समाजका प्रेरणादायी व्यक्तित्व हुन । मानिस लगनशिलताले नै सफल हुन्छ भन्ने कुराका उदाहरणीय व्यक्तित्व हुन । साभारः अग्रिम साप्ताहिक

May be an image of 10 people, people standing and text that says 'अगिम (Agrim Weekly, March प्रस्तुति विविध Monday 2022) www.livedang.com जीवन यात्रा संघर्ष र सफलताले डाक्टर बनेका रौंनियार न्यौपाने (भवानी) मुलरी मनोहर रौनियार बुवाकोकृष गाऊँपालिकाले सम्भियो ११६ पूर्वजनप्रतिनिधि सेन्टर बबईको अध्यक्षमा रोका जनप्रतिनिधिलाई सब्टा ऐेतिहासिक भएकोहो www.livedang.com 9809818180 कम्पनीद्वारा सऊ्चालित THE नेतत्व LEADING NEPAL TREATMENT REHABILITATION CENTER केन्द्र) तुलसीपुर उपमहानगरपालिका-०७ क्रियाकलापबाट हुनहून्छ हामी मद्दत गछों केतपाईल दुव्यशनील उपचार मानसिक'