तुलसीपुरनगर जेसिज सम्हाल्न पुगेका‘केशव’

स्वागत र सम्मानको गज्जब शैली । शनिबार तुलसीपुरनगर जेसिजको नयाँ कार्यसमितिलाई पदहस्तान्तरण कार्यक्रम थियो । जेसिज नेतृत्व र ब्यक्तीत्व विकास गर्ने संस्था मात्रै होईन्, संस्कार सिकाउने संस्था पनि हो, भन्ने सन्देश दिन चहान्छ । त्यो उनीहरुको प्रस्तुती र व्यबहारले पनि देखाउछ ।

बर्ष २०२२ कालागि अध्यक्षमा निर्बाचित केशवराज केसी ः जसलाई गाजाबाजासहित हलबाट कार्यक्रम स्थलतर्फ ल्याईदैथियो । माला र हातमा फूल दिएर सबैलाई स्वागत । केशबलाई मात्रै होईन्, उनको धर्मपत्नी,आमा,वुवालगायत परिवारका सबै सदस्यलाई पनि उत्तिकै स्वागत र सम्मान । यसले एउटा पदमा ब्यक्ती पुग्नु मात्रै ठूलो कुरा होईन्, हौसला प्रदान पनि आबश्यक छ, भन्ने कुरा देखाउथ्यो । नयाँ नेतृत्वप्रतिको सम्मान र आशाका किरणहरु त्यहाँ झल्किन्थे ।

जेसिजको तुलसीपुरका व्यबसायी विमल रिजालले पनि उतिकै प्रशंसा गरे । यो संस्कार सबैले सिक्नु पर्ने उनको भाव थियो । जेसिजले संस्कारयुक्त शिक्षा दिने जेसिजकै राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीले बताए ।

यस पटक निर्वाचनबाट तुलसीपुरनगर जेसिजले नेतृत्व पाएको थियो । अध्यक्षका अर्का प्रत्यासी थिए, मानबहादुर बस्नेत । तर, बाजी केशवले मारे । निर्वाचन भएपनि त्यसको ‘धङ्घङी’ कत्ति पनि थिएन । एकअर्काप्रति सौहार्र्दपूर्ण वातावरण थियो । अध्यक्षका सल्लाहकार समेत मनोनित गरिएका बस्नेतले भने‘जेसिज यस्तो सन्देश दिन चहान्छ कि, चुनाब कस्तो हुनुपर्छ, समाजले जेसिजबाट सिकोस् ।’ राजनीतिक दलहरुप्रति मात्रै लक्षित थिएन, सामाजिक संघसंस्था तथा सम्बेदनशील क्षेत्रमा हुने अस्वस्थ्य राजनीतिप्रति पनि लक्षित थियो । निर्वाचनकै नाममा विद्यालयमा पठन–पाठन प्रभाबति हुने गरि राजनीति हुन्छ । अन्य सामाजिक क्षेत्रमा एकले अर्कालाई सहयोग नगर्ने प्रबृति हावी भएको देखिन्छ । तर, त्यसले समासजलाई गलत मार्गमा लैजान्छ । यसलाई सुधार गर्न जेसिजको चुनाबलाई हेर्नुपर्ने बस्नेत बताउछन् ।‘हामी सबै यही समाजका नागरिक हौं’,उनको भनाई थियो‘त्यसैले चुनाबका नाममा कसैलाई पनि असहयोग गर्ने होइन्, चुनाब एउटा प्रक्रिया हो, त्यो पूरा भएपछि सबैले त्यसको नतिजा स्वीकार गर्नुपर्छ, र एकअर्कालाई सहयोग गर्नुपर्छ ।’

चुनाब जितिएपनि कतैबाट पनि सहयोग भएन भने त्यो कार्यकाल सफल हुन नसक्ने भन्दै सबैले सहयोग गरेमा मात्रै सफल हुने उनको तर्क थियो । तर, विडम्बना अहिले हरेक क्षेत्रमा निर्वाचन हारेपछि कसैले पनि सहयोग नगर्ने प्रबृति हावी छ, उल्टै खुट्टा तान्ने प्रबृति छ । जसले गर्दा जित्नेले पनि उपलब्धीमुलक काम गर्नसक्दैन । त्यसैले जेसिजको यो शैलीबाट सबैले सिक्नुपर्ने उनको भनाई थियो ।

प्रतिस्पर्धी बस्नेतले यति भनिरहदा निर्वाचित अध्यक्ष केसी हर्षित ‘मूड’मा थिए । अनुहार हाँसिलो थियो–किनकी उनकै काँधमा तुलसीपुरनगर जेसिजलाई हाक्ने जिम्मा आएका छ । तुलसीपुरमा राजनीतिक क्षेत्रा मपनि उत्तिकै सक्रिय र व्यबसायीक रुपमा पनि सफल ब्यक्ती केसीले अबको एक बर्ष अर्थात सन २०२३ सम्म तुलसीपुर जेसिजलाई चलायमान बनाउनु छ । जेसिजको यस अघिको शाखलाई जोगाउँदै थप नयाँ काम गर्नुपर्ने उनमा चुनौति छ । पदभारग्रहण गर्दै भने‘मेरो काँधमा ठूलो जिम्मेवारी आएको छ, यो जिम्मेवारीलाई मैले सफल पूर्वक पूरा गर्नेछु ।’

सन २०१५ देखि जेसिज तुलसीपुरमा आबद्ध भएका उनी त्यसयता बिभिन्न पदमा रहेर कुसलपूर्वक कार्य सम्पादन गरेका व्यक्ती हुन् । २०१६ मा उनी सर्वसम्मत सचिब भएका थिए । त्यस्तै २०१७ मा जेसिजकै उपाध्यक्ष भएका थिए । त्यस्तै २०१८ मा अध्यक्षको सल्लाहकार, २०१९ मा कार्यकारीणी उपाध्यक्ष, २०२० मा महासचिब भएका थिए ।

उनले २०१७ मा जेसिजको सर्वाधिक संलग्नता सम्मान, २०१८ मा जेसिज अफ द मन्थ, २०२० मा पनि जेसिज अफ द मन्थ तथा २०२० मा उत्कृष्ट पदाधिकारी सम्मान समेत प्राप्त गरिसकेका छन् ।


सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छन् । केही बर्ष अघि दाङको शान्तिनगरमा भएको झाडापखालाका क्रममा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कोभिडको समयमा अक्सिजन सिलिण्डर देखि लिएर खाद्यान्न सहयोगमा पनि उनको उत्तिकै भूमिका रहेको छ ।

उनी आफै पनि व्यबसायीक क्षेत्रबाट आएका ब्यक्ती हुन् । उनको के एण्ड के किचन एप्लाईन्सेस, टिम ११, यामाहा स्टोर्सलगायत बिभिन्न सहकारी संस्थामा पनि आबद्ध छन् । उनले भारत, चिन, माल्दिव्स, दुबै, थाईल्यान्डलगायतका देशमा भ्रमण गरिसकेका छन् । उनी परिवारका दोस्रो सन्तान हुन् । वुवा लेखराज केसी, आमा केशवदेवी केसीको कोखबाट केशबराज केसीले दोस्रो सन्तानका रुपमा जन्म लिएका हुन् । उनका दुई छोराछोरी छन् ।

उनले दिब्यज्योति बोर्डिङ स्कुल कचिलाबाट आफ्नो पढाई यात्रा सुरु गरेका हुन्, भने २०६२ सालमा राप्ती विद्या मन्दिरबाट एसएलसी उत्तिर्ण गरेका हुन् । त्यस्तै उच्च शिक्षा वद्यानिलकन्ठ घोरही र काठमाडौंबाट पूरा गरेका हुन् ।

उनी सामाजिक काममा निकै रुची राख्छन् । उनले राजनीतिकालागि समाजसेवा नभई, समाजसेवाकालागि राजनीति गर्नुपर्ने धारणा राख्छन् । हाल उनी काँग्रेसको क्षेत्रीय प्रतिनिधि समेत हुन् । जेसिजले सक्षम नेतृत्व उत्पादन गरेर राजनीतिक क्षेत्र होस्, या बिभिन्न संघसंस्थालाई प्रदान गर्दै आएको छ । सोही अनुसार जेसिजबाट नेतृत्व क्षमता विकास गरेर राजनीतिमा आउने केशब पनि एक हुन् ।

तुलसीपुरमा २०१२ मा जेसिजको जन्म भएको हो । जसको संस्थापक दिपेन्द्र चापागाई हुने ।उनी २०१२ र ०१३ मा अध्यक्ष भए । त्यसपछि स्व.२०१४ मा दिवंगत जिबराज खरेल, २०१५ मा झरेन्द्र खरेल, २०१६ मा सूर्यप्रसाद शर्मा, २०१७ मा विमलकुमार पौडेल,२०१८ मा दिपेश भण्डारी,२०१९ मा मेघराज घिमिरे, २०२० मा मोहन सुनार र २०२१ मा नारायण भट्टराई अध्यक्ष भएर काम गरिसकेका छन् । जेसिजको प्रत्येक बर्ष नयाँ कार्यसमितिकालागि निर्वाचन हुन्छ । हाल तुलसीपुर नगर जेसिजबाट नारायण भट्टराई राष्ट्रिय उपाध्यक्ष हुन सफल भएका छन् । जेसिज तुलसीपुर बर्ष २०२१ का अध्यक्ष नारायण भट्टराईले आफ्नो कार्यकाल भब्यताकासाथ सम्पन्न भएको भन्र्द गर्व गरे । उनले जेसिजको भवन निर्माणको बाँकी काम पूरा गर्नुकासाथै राष्ट्रिय कार्यसमितिमा पनि आफ्नो सहभागिता भएको प्रति सन्तुष्ट रहेको बताए । प्रस्तुती : दीपक बोहरा

साभार : अग्रिम साप्ताहिक

May be an image of 14 people, people standing and text