पवित्र सुवास छर्ने सुगन्धित फुल हो जीन्दगी
जन्मिएर मर्नै पर्ने अच्चमको भुल हो जीन्दगी
देख्छ्ु अहम, डाह, व्यर्थे लाग्छ दुनियामा जताततै
सत्कर्मले जीउन सके मदुल मुल हो जीन्दगी
जीवन भन्नु नै यात्रा रहेछ । मानिस जन्मेदेखि नमरुन्जेल विभिन्न किसिमका यात्रामा चलिरहन्छ । हरेक यात्राबाट नयाँ–नयाँ शिक्षा र प्रेरणा बटुल्दै जान्छ मान्छे । जीवनका हरेक श्रृङखला अत्यन्तै आनन्दित पार्नु नै मानविय असल गुण हो । यात्रै यात्रामा बगेको यो जीन्दगीका पदचापहरु आज एक्कासी त्रिसिद्धेश्वरी मन्दिरमा आइपुग्दा केहिवेर रोकिए । म त्यहाको प्राङगनमा टुसुक्क विश्राम गरेँ । त्यही पल मेरा नयन पुजारी कुलचन्द्र भट्टराइ तिर तेर्सिए र आफ्नो डायरी निकालेर सृजनाको कलम समातँे र बगेँ साहित्यको प्रवाहमा ।
वि.सं २०४५ सालमा तुलसीपुर उपमहानगरपालिका ३ दमारगाउँमा माता दिलदेवी भट्टराई र पिता बुद्धिराम भट्टराईको कोखबाट जन्मिएका कुलचन्द्र भट्टराईको प्राथमिक शिक्षा सरस्वती प्रा.वि दमारगाउँबाट सुरु भयो । कक्षा ५ सम्म अध्ययन पश्चात कक्षा ६ मा गुरुजजुर मा.वि रक्षाचौर भर्ना भइ प्ुनः आफ्नो अध्ययनलाई निरन्तरता दिदै त्यहाबाट एस.एल.सी गरेपछि माथिल्लो तह आइए देखि वि.ए सम्म जनता विध्यापिठ विजौरीबाट पुरा गरे । त्यसपछि स्वर्गद्धारी प्युठान गए र प्युठान जिल्लाको स्वर्गद्धारीमा वेद र कर्मकाण्ड अध्ययन गरेर दाङ फर्किए । त्यसपछि प्युठानबाट सीता भट्टराईसित विवाह भयो ।
हाल उनको दमारगाउँबाट वसाईसराइ भैसकेको र तुलसीपुर उपमहानगर वडा नं. ९ बेलुवामा स्थायी रुपमा बस्दै आएका छन् । केही समय ग्रीन स्टार विद्यालय वेलुवामा अध्यापन गरेपछि आफ्नो पिता बुद्धिराम भट्टराईको प्रेरणाले धार्मिक क्षेत्रमा लागेर सत्कर्म गर्दै आएको उनी बताउछन् ।
तुलसीपुर त्रिशिद्धेश्वरी मन्दिरमा पुजारीको रुपमा समय विताएर हाल बृद्ध भएपछि बेलुवा घरमा गइ बसेको उनको भनाई छ । त्यति मात्रै होइन्, आफ्नै पिताको प्रेरणाबाट मन्दिरमा बसेर कर्मकाण्डमा आबद्ध छन् । उनी कहिलेकँही देशप्रेम सम्बन्धि कविता लेख्ने गर्छन् ।
उनका दाइ थानेश्वर भट्टराई पनि कविता, गजल लेख्दै आएका छन् । शिक्षा क्षेत्रमा कर्मशील बन्दै जीवन बिताउने इच्छा थियो तर अहिले कर्मकाण्डमा आवद्ध हुन पुगेको भन्दै उनी कहिले काही जीवनको अनुभुति पोख्छन् । उनले राम्रा काम कुराहरुको संरक्षण गर्दै समाजका विकृति हटाउने विचार लिएर आफ्नो जीवन सामाजिक र धार्मिक क्षेत्रमा समर्पित गर्ने बताउछन् । उनको अनुशासित र शिष्ट सरल स्वभावको परिचय बनाएका छन् । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १६ फाल्गुन २०७८, सोमबार १३:३८ बजे