‘छालाका जुता सिलाएरै घर बनाएँ’

भावनी न्यौपाने‘भावना’
जीवन संघर्ष र चुनौतीको पहाड हो । जीवनका अनन्त आरोह अवरोद पार गर्दै जाँदा कतै खुसी, कतै पीडा,कतै शान्ति कतै सफलता, कतै भरोसा, कतै धोकाका श्रृङखलामा चलिरहन्छ मानिसको जीवन । सक्रिय र इमान्दार पाइला चाल्नेहरुको कारण हाम्रो समाज गर्व गर्न लायक छ, तर कतिपय मानिसहरु चुनौती र संघर्ष देखि डराएकै कारण जीवनभर ओझेल पर्दछन र अभाव, कष्टको जीवन गुजार्दै वाच्न वाध्य हुन्छन् । जसले जीवनमा आफ्नै पौरख र स्वाभिमानमा उभिएर केही न केही काम गर्दै आफु आफ्नो परिवार ठीक तरिकाले पालन पोषण गरी बाँच्न सक्छ–त्यही हो सफल र असल मानिस ।

वि.सं २०१६ सालमा सल्यान जिल्लाको हिलक्चा भन्ने गाउँमा बावु शेर ब. र आमा मुसीको कोखबाट जन्मिएका दल ब. मिजोर समाजको निम्ती पेणादायी व्यक्ति हुन् । जन्मेदेखि १६ वर्षसम्म सल्यान हिवल्चामा आफ्नो बालयकाल बिताएका दल ब. सल्यान कै पानीखोलामा बाबुको पैत्रिक घर भएकोले आफ्नो मामाको घर हिवल्चाबाट पानी खोला भन्ने गाउँमा आएका थिए । सल्यान जिल्लाबाट उनी आर्थिकका कारण दुई वर्ष भारतमा गई बसे । त्यसपछि उनी दाङ जिल्लाको तिल्पारी भन्ने गाउँमा बसाइ सराई गरी २२ वर्ष ज्याला मजदुरी गर्दै जीवनको इमानदारी यात्रामा चलिरहे ।

त्यही क्रममा २०५२ सालमा पाँच हजार रुपियाँ लिएर तुलसीपुर दाङमा आएका उनी तुलसीपुर पुरानो बसपार्कमा ऐलानीमा एउटा घडेरी किनेर घर बनाई आफ्नो जीवन निर्वाह गर्दे आए । विं स. २०३२ बाट छालाका सामान बनाउने सीप सिकेर यसै व्यवसायबाट आफ्नो परिवार पाल्दै, छोराछोरीलाई पढाउने काम गरे । आफ्ना सन्तान राम्रा बनुन् भन्ने इच्छा राख्ने दल बं को परिवारमा २ नाति, १ छोरा,१ बुहारी र आफू भएको बताउँछन् । उनकी धर्म पत्नीले चार वर्ष अगाडि यो संसार छोडेर गएको कुरा सम्झँदै भावुक बन्छन् उनी । आफ्नै मेहनतले आय आर्जन गरी हाल तुलसीपुर पुरानो वसपार्कमा ५०/६० लाखको घर बनाएका दल बहादुर कसैसित मागेर खानु नपरोस् भन्ने स्वाभिमानी, उदाहरणीय व्यक्तित्व हुन् ।‘मैले आफैले छाला सामग्री बनाएर आम्दानी गर्दै आएको छु’,उनले भने‘त्यही कमाइबाटै मैले तुलसीपुरमा ५०÷६० लाखको घर बनाइसकेँ ।’


तुलसीपुर पुरानो वषपार्क सिद्धार्थ चाट भण्डार नजिकै उनको पसल छ । हरेकदिन उनी आफ्नो पसलमा बसेर काम गरिरहन्छन् । कसैलाई नराम्रो ब्यवहार नगर्ने मिजासिलो स्वभावका दल बहादुर यो समाजका असल,इमान्दार,स्वावलम्बी व्यक्ति हुन् । जीवनको अमूल्य समयलाई सँधै सदुपयोग गर्दे आएका दल बं को जीवनबाट सबैलाई शिक्षा मिलिरहेको छ । केही काम नगरी पैत्रिक समपत्तिमा रजाइँ गर्दे दिनभर जुवातास खेलेर, फाल्तु गफ गर्दे आएका समाजका केही मानिसलाई दल ब. को लगनशिल, प्रेरणादायी जीवनले गतिलो सन्देश प्रवाह गर्दे आएको छ । साभारः अग्रिम साप्ताहिक

May be an image of 9 people, people standing and text