तुलसीपुर शिक्षाले आलटाल गरेपछि विद्यार्थी आफै सक्रिय

तुलसीपुर
२० साउन / दाङको तुलसीपुरमा क्रियाशिल विद्यार्थी संगठनहरुले विद्यालयहरुको अनुगमन गर्न थालेका छन् । अखिल क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियू र समाजवादी विद्यार्थी संगठनहरुले निजि तथा संस्थागत विद्यालयहरु अनुगमन गर्न थालेका हुन् ।

केही दिन अघि बिद्यार्थी संगठनहरु र उपमहानगरपालिकाको शिक्षा समितिबीच भएको सहमती अनुसार शिक्षा समितिले विद्यालय अनुगमन गर्न चासो नदिने र आलटाल गरेकाले विद्यार्थी संगठनहरु आफै सक्रिय भएर अनुगमन थालेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दुर्गा विकले बताए ।


उनका अनुसार लिटिल हेवन ,ग्रेट अरणीको ,गोर्खा कलेज र ज्ञानदिप कलेजमा पुगेर विद्यालयबाट प्रदान गरिने छात्रवृत्ति ,शूल्क बृद्धिलगायतका विषयमा अनुगमन गरिएको हो ।

अनुगमनमा नेविसंघका जिल्ला कोषाअध्यक्ष अरुण लहरे,अखिल क्रान्तिकारी केन्द्रिय सदस्य दुर्गा बिक,अनेरास्ववियु जिल्ला संयोजक रबिन्द्र डाँगी, समाजबादी बिद्यार्थीका जिल्ला अध्यक्ष दिपक पोख्रेल र अखिल क्रान्तिकारी तुसीपुर नगर अध्यक्ष अमर बिकको सहभागिता रहेको थियो ।