होली खेल्दै कलाकार संगै नाच्दै

दाङ, ४ चैत ।

दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भइरहेकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा दर्शकहरु होली खेल्दै कलाकारहरु संग नाचेर रमाएका छन् । प्रदर्शनीमा सहभागि भएका दर्शकहरु आपसमा होली खेल्दै कलाकारहरु संग नाचेर र रमाएका थिए । दिन भरी कलाकारहरु संग संगै उनीहरुले नाचेर तथा गाएर साथ दिएका थिए । प्रदर्शनीमा आएका राष्ट्रिय तथा स्थानिय कलाकारहरुलाई दर्शकहरुले नाचेर तथा संग संगै गाएर साथ दिएका थिए ।


प्रदर्शनीमा दैनिक दर्शकको आषर्कण बढदै गएको छ । दिउसो चर्को घामको पनि प्रभाव नगरि उनीहरु रमाउने गरेका छन् । विहान देखि साँझ सम्म नै कलाकारहरु संगै रमाउने गरेका छन् । प्रदर्शनीमा दैनिक नागरिकहरुको सहभागिता वढदै गएको मुल आयोजक समितीले जनाएको छ । प्रदर्शनीको नवौ दिन पनि साँझ सम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो । ग्राहकले आफुलाई आवस्यक पर्ने सामाग्रीहरु खरिद गरेर लग्ने गरेका छन् । प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानिय कलाकारहरुलाइ नाचेर साथ दिएका थिए । चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरु संगै संगै रमाएका थिए । दर्शकहरुलाई घाम बाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले दर्शकहरुलाइ बस्न समेत सहजता भएको छ । प्रदर्शनीमा युवा युवतीहरुको सहभागिता बढी रहेको थियो ।

शुक्रवार बद्री पङगेनी, सिर्जु अधिकारी, बिन्दु परियार, नविन पौड्ल, अञ्जली अधिकारी, बिशाखा शाही, राजेश भण्डारी तथा स्थानिय कलाकारहरुको प्रस्तुती राखेको मुख्य आयोजक समितीले जनाएको छ । प्रदर्शनीमा शनिवार विष्णु खत्री, नरेश खाती, रिता केसी, शेखर घर्ति मगर, याङसु श्रेष्ठ, देवेन्द्र वस्नेत, उमादेवी खनाल तथा स्थानिय कलाकाहरुले प्रस्तुती राख्ने भएका छन् । प्रदर्शनीमा बालवालिकाहरु बाल उद्यान्नमा रमाउने गरेका छन् । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ । प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोवार हुने मुख्य आयोजक समितीले जानकारी दिएको छ । प्रदर्शनीमा दैनिक धार्मिक पुर्जा, पाठ तथा अखण्ड दिप प्रज्वलन भइ रहेको मुल आयोजक समितीले जनाएको छ । त्यसैगरेर लोक दोहोरी प्रतियोगीता पनि सञ्चालन भइ रहेको छ । खुल्ला कविता प्रतियोगीता समेत आयोजना गरिएको छ । यसैगरेर प्रदशर्नको अवसरमा हेलीकप्टर मार्फत लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गरिर रहेका छन् । सबै भन्दा वढी स्वर्गद्धारी जानेहरुको संख्या बढी रहेका छन् ।