शान्तिनगरमा  ५ हजार ५ सय ७८ बढी मतदाता थपिए 

निराश पान्डे
शान्तिनगर चैत ३ शान्तिनगर गाउँपालिकामा पांच बर्ष अबधी भित्र  ५ हजार ५ सय ७८ नयाँ  मतदाता थपिएका छन। २०७४ को स्थानीय तहको निर्वाचनमा शान्तिनगरको मतदाता संख्या १५ हजार ६ सय १ रहेको थियो भने हाल शान्तिनगरको कुल मतदाता संख्या २१ हजार १ सय ७९ रहेको छ भने मतदान केन्द्र पनि २०७४ मा १९ थियो भने ६ मतदान केन्द्र बढाएर अहिले २५ मतदान केन्द्र कायम गरिएको छ भने मतदान स्थल भने ९ नै कायम गरिएको जनाइएको छ। जस अन्तर्गत वडा नम्बर १ मा मतदान केन्द्र ३, मतदान स्थल २ र मतदाता संख्या २ हजार ४ सय ७८ रहेको छ। तेसै गरि वडा नम्बर २ मा मतदान केन्द्र ४ , मतदान स्थल १ र मतदाता संख्या ३ हजार ५ सय ३४ रहेको छ। वडा नम्बर ३ मा मतदान केन्द्र ५, मतदान स्थल २ र मतदाता संख्या ३ हजार ७ सय १२ रहेको छ। तेस्तै गरि ४ नम्बर वडामा मतदान केन्द्र ४, मतदान स्थल १ छ भने ३ हजार ३ सय २३ मतदाता संख्या रहेको छ। वडा नम्बर ५ मा मतदान केन्द्र ३, छ भने मतदान स्थल १ र मतदाता संख्या २ हजार ४ सय १० रहेको छ। तेसै गरि ६ नम्बर वडाको मतदान केन्द्र ३ र मतदान स्थल १ छ भने मतदाता संख्या २ हजार ५ सय ७९ रहेको छ। भने ७ नम्बर वडाको मतदान केन्द्र ३, छ भने मतदान स्थल १ रहेको र ३ हजार १ सय ४३ मतदाता संख्या रहेको छ।