
तुलसीपुर, २७ फागुन । दाङको तुलसीपुर ६ स्थित डिभाईन टेम्पल एकाडेमीले मिनि स्केटपार्क सञ्चालनमा ल्याएको छ ।
शिक्षासंगै खेलकूद क्षेत्रको विकासकालागि स्केट पार्क सञ्चालनमा ल्याईएको डिभाइन एजुकेशन फाउन्डेशनका संस्थापक भोजराज न्यौपानेले बताए ।
उक्त पार्कको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारीले उद्घाटन गरेका हुन् । त्यस अवसरमा प्रमुख अतिथि भण्डारीले शिक्षासंग खेलकूद क्षेत्रकालागि पनि विद्यालय स्तरबाट पहल थाल्नुपर्ने बताए ।उनले विद्यार्थीको चौतर्फी विकासकालागि यस्ता कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।
कार्यक्रममा तुलसीपुर नगर जेसीजका अध्यक्ष सन्दिप भुसाल, शिक्षक आकाश सिंहलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
साथै विद्यालयले आगामी बर्षसम्म फुटसल खेल मैदान समेत सञ्चालन गर्ने तयारी गरेको छ ।



लाइभदाङ । २७ फाल्गुन २०८१, मंगलवार २२:०० बजे