तुलसीपुर ३ चैत ।
नेपाली काँग्रेस क्षेत्र नं. ३ ले संचालन गरेको ‘घर–घर जाऊ,काँग्रेस जिताऊँ’ अभियानमा नेकपा एमाले नगर सदस्य जंग बहादुर वली र नेकपा माओबादि केन्द्रका साविक तुलसीपुर नगरपालिका वडा नं. ७ का पूर्व वडा अध्यक्ष खिम बहादुर वली नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुले कम्युनिष्ट पाटीले कृषक तथा निमुखाहरुको आवज उठाउनुको साटो पुजिबादी र दलालहरुले मात्र कम्युनिष्ट पार्टी चलाएकोले पाटी परित्यग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको बताएका छन् ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा घर घर जाऊ काँग्रेस जिताऊ अभियानका दाङ जिल्ला प्रतिनिधि चन्द्रबहादुर केसी, केन्द्रीय सदस्य गेहेन्द्र गिरी, दाङ जिल्ला सभापति शंकर डाँगी, क्षेत्र नं. ३ का सभापती जगत बहादुर खड्का, प्रदेश सभा सदस्य शंकर गिरीलगायका नेताहरुले पाटी प्रवेश गराएका हुन् । पार्टी प्रवेश नेपाली काँगे्रस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ इकाईको समन्वयमा गरिएको थियो ।
लाइभदाङ । ३ चैत्र २०७८, बिहीबार १८:४१ बजे