शिवशक्ति सहकारीको अध्यक्षमा पोखरेल चयन

तुलसीपुर, १६ असोज /
तुलसीपुर–७ बम्नैमा रहेको शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा ऋषि पोखरेल चयन हुनुभएको छ । पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति गठन गरिएको हो ।

सहकारी संस्थाको शनिबार भएको १९ औँ साधारण सभामा संचालक समितिको मुख्य पदमा सहमती जुट्न नसकेपछि वडा अध्यक्ष रामबहादुर जिसीको संयोजकत्वमा भएको सहजीकरण समितिले अध्यक्षसहित चार पदमा सहमती जुटाएको हो ।


सहकारी संस्थाको नव गठित उपाध्यक्षमा जगतबहादुर केसी, सचिवमा छविराज पोखरेल, कोषाध्यक्षमा पदमप्रसाद रिजाल चयन हुनुभएको छ ।

सात जना सदस्यहरु शनिबार नै सर्वसम्मत भएका छन् । दिलसरी पोखरेल, शंकर चौधरी, मिना नेपाली, मोहन कडेँल, ललिता जिसी, शोभाराम बुढाथोकी र सीमा पुलामी सदस्यमा शनिबार नै सर्वसम्मत चयन हुनुभएको हो ।