प्रदर्शनीमा फापरको रोटीमा माग बढदै

दाङ, २ चैत ।

दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा फापरको रोटीको माग वढदै गएको छ । उद्यमी महिला समुहले बनाएको फापरको रोटी खानेहरुको सख्याहरु बढदै गएका छन् । अर्गानीक भएकाले खोजी खोजी खाने गरेको सिता चौधरीले जानकारी दिइन् । दैनिक फापरको रोटी खाज्नेहरु बढदै गएको उनको भनाइ रहेको छ । त्यसैगरेर सुक्का रोटी, तरकारी, सेल, आलुको अचार, ढिक्री उपल्वध रहेको हुकुमा कुवरले जानकारी दिइन् । प्रदर्शनीमा आउनेहरुको माग अनुसार खाजा उपल्वध गराउने उनको भनाइ रहेको छ । ताजा र अर्गानीक भएकाले खोजी खोजी आउने गरेको माया चौधरीले बताइन् । अहिले आउने नागरिकलाइ पु¥याउन नसकिएको समेत उनीहरुको भनाइ रहेको छ । उनीहरुले माग गरेको स्टल सम्म पु¥याउने गरेका छन् । यसले खाजा खानेहरुलाइ समेत सहज भएको छ ।


प्रदर्शनीमा दैनिक दर्शकको आषर्कण वढदै गएको छ । दिउसो चर्को घाममा आएका उनीहरु साँझ सम्म नै कलाकारहरु संगै रमाउने गरेका छन् । प्रदर्शनीमा दैनिक नागरिकहरुको सहभागिता वढदै गएको मुल आयोजक समितीले जनाएको छ । प्रदर्शनीको सातौ दिन पनि साँझ सम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो । ग्राहकले आफुलाई आवस्यक पर्ने सामाग्रीहरु खरिद गरेर लग्ने गरेका छन् । वुधवार पनि प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानिय कलाकारहरुलाइ नाचेर साथ दिएका थिए । चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरु संगै संगै रमाएका थिए । दर्शकहरुलाई घाम बाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले दर्शकहरुलाइ बस्न समेत सहजता भएको छ । प्रदर्शनीमा युवा युवतीहरुको सहभागिता बढी रहेको थियो । वुधवार रमेश भटराइ, सम्झना भण्डारी, मिना भण्डारी, रेखा लामा, एलिना रायमाझी, राशी रिजाल तथा स्थानिय कलाकारहरुले आ आफनो प्रस्तुती राखेको प्रदर्शनी मुल आयोजक समितीले जनाएको छ । विहिवार मिलन नेवार, चन्द्र शर्मा, कमल गाउले, आशा बिसी, टिका सानु, सरिता दान्कुटी, मञ्जु आचार्य तथा स्थानिय कलाकारहरुले आ आफनो प्रस्तुती राखेका थिए । प्रदर्शनीमा बालवालिकाहरु बाल उद्यान्नमा रमाएका थिए । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ । प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोवार हुने मुख्य आयोजक समितीले जानकारी दिएको छ । प्रदर्शनीमा दैनिक धार्मिक पुर्जा, पाठ तथा अखण्ड दिप प्रज्वलन भइ रहेको मुल आयोजक समितीले जनाएको छ । त्यसैगरेर लोक दोहोरी प्रतियोगीता पनि सञ्चालन भइ रहेको छ । खुल्ला कविता प्रतियोगीता समेत आयोजना गरिएको छ । यसैगरेर प्रदशर्नको अवसरमा हेलीकप्टर मार्फत लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गरिर रहेका छन् । सबै भन्दा वढी स्वर्गद्धारी जानेहरुको संख्या बढी रहेका छन् ।