जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

दाङ, ४ जेठ ।
दाङ प्रहरीले जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादीलाई करिब एक वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी ३१ वर्षीय शुनिल वली रहेका छन् ।

जबरजस्ती करणी मुद्धामा वलीलाई सर्वोच्च अदालत काठमाडौंको २०७९ जेठ १९ गतेको फैसलाले १६ वर्ष कैद सजाए र ५० हजार जरिमाना तोकेको थियो ।


अदालतको फैसलापछि उनी फरार रहेका थिए । वलीलाई बुधबार उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । वलीलाई बाँकी कैद भुक्तानीको लागि जिल्ला अदालतमा उपस्थित गराएर कारागार कार्यालय तुलसीपुरमा पठाईएको छ ।