दंगीशरणमा गुडिया बनाउँने तालीम शुरु

दिप्तीशिखा चौधरी,


दंगीशरण, २ चैत्र ।
दंगीशरण गाउँपालिका वडा न. ७ का महिलाहरुका लागि गुडिया कुसन बनाउँने तालीम आज बुधवार देखि सुरु भएको छ । दंगीशरण गाउँपालिकाको आयोजनामा तालीमको आयोजना गरिएको हो । सिप सिकौँ आत्मनिर्भर बनौँ भन्ने मुल नाराका साथ आयोजना गरिएको गरीवी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेड्पा) १५ दिने गुडिया कुसन बुनाई तालीमको आयोजना गरीएको हो । गाउँपालिका अध्यक्ष भागिराम चौधरीले ब्यानर पढेर तालीमको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले दंगीशरणका महिलाहरुलाई उधमशिल बनाउँनका लागि महिला लक्षीत कार्यक्रमहरु धेरै नै संचालन गरेको भएपनि तालीम पछि निरन्तरता नदिएको बताउानुभयो। तालीम पछि उधमशिल बन्नका लागि नपरेको भनदै उपलब्धि नदेखिएको बताउँनुभयो । गाउँपालिकामा उधमसंग जोडिनका लागि थुपै्र तालीमहरु संचालन भएको तर निरन्तरता नपाउँनाका नागरीकहरुको जिवन स्तरमा परिवर्तन नभएको बताउँनुभयो । साथै सिप सिकाई पछि सिपलाई निरन्तरता दिन आग्रह गर्दै वजारीकरण गर्नका लागि कोशेलीको घरको स्थापना गरेको बताउँनुभयो ।
कर्यक्रममा उपाध्यक्ष पिमा कुमारी वली खड्काले महिलाहरु आत्म निर्भर हुनका लागि ब्यवसायी बननका लागि उधमी बन्नुपर्ने बताउँनुभयो । सधै घरभित्रको कामलाई मात्र हेर्ने र आर्थीक पाटोलाई बलीयो बनाउँन ध्यान नदिएकाले महिलाहरुको जिवन फेरीन नसकेको बताउँनुभयो ।
१५ जना महिलाहरुको सहभागिता रहेको तालीमको प्रशिक्षकमा रेनु घर्ती रहनुभएको छ । तालीम उद्घाटन कार्यक्रमको शहजीकरण सुसीला डि.सी.ले गर्नुभएको थियो ।।