
तुलसीपुर, १५ फागुन ।
आगामी फागुन २१ गतेको निर्वाचनलाई मर्यादित बनाउने राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका छन् । सम्वाद समूह तुलसीपुरको आयोजना तथा बेस तुलसीपुरकोे समन्वयमा भएको ‘निर्वाचन आचारसंहिताको कार्यान्वयन र सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि राजनीतिक दलहरुले निर्वाचन प्रचारप्रसारदेखि मतदान हुँदै मतगणना हुँदासम्म निर्वाचन आचरसंहितालाई पूर्ण रुपमा पालन गर्दे सभ्य र भब्य बनाउने प्रतिबद्धता जनाएका हुन् ।
शुक्रबार तुलसीपुरमा भएको कार्यक्रममा काँग्रेसका जिल्ला सचिब राजु आचार्य, नेकपाका लुम्बिनी प्रदेश सदस्य डिल्ली अधिकारी, रास्वपाका तुलसीपुर नर सभापति जीवन भण्डारी, जनमोर्चाका उत्तम भण्डारीलगायतले निर्वाचनलाई मर्यादित बनाउँदा नै लोकतन्त्रको रक्षा हुने बताएका छन् । त्यस्तै कार्यक्रममा उपस्थिति नागरिक समाज दाङका पूर्व अध्यक्ष टिकाराम रेग्मी,राप्ती बहिरा संघ दाङका अध्यक्ष अजय शर्मा, राप्ती बबई क्याम्पस तुलसीपुरका प्रमुख गणेश पार्धे, पत्रकार दीपक बोहरालगायतले मौन अबधीमा आचारसंहिता विपरित कदमहरुलाई सबै राजनीतिक दल तथा सरोकारवाला मिलेर रोक्नु पर्ने बताएका थिए । त्यस अवसरमा सरोकारवाला निकायको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सहजकर्ता शुसिल बस्नेतले गरेका थिए ।



लाइभदाङ । १५ फाल्गुन २०८२, शुक्रबार २२:३७ बजे