१८ बर्ष खानेपानीको नेतृत्व गर्न पाउने‘चन्द्रकान्त’

तुलसीपुर
३० फागुन / देख्दा सबै भन्दा बुढो देखिने एउटा उम्मेदवार । जो यस अघि ५ कार्यकाल त्यही पदमा नेतृत्व गरिसकेका ब्यक्ती थिए । तुलसीपुर उपमहानगरपालिका भित्रका तीन वटा वडामा कार्यक्षेत्र रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्वकालागि पुनः छैठौं कार्यकालकालागि निर्वाचित भइसकेका छन् ।

२०६३ सालदेखि नियमित उक्त खानेपानी संस्थाको अध्यक्षको नेतृच्त सम्हाल्दै आएका चन्द्रकान्त खरेल पुनः एक कार्यकालकालागि निर्वाचित भएका छन् । आईतबार विहान भएको अन्तिम मत परिणाम अनुसार खरेल अध्यक्षमा निर्वाचित भएका हुन् । काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनाबी गठबन्धनबाट काँग्रेसका खरेल निर्वाचित भएका हुन् । उनले एमाले र विप्वल निकट नेकपाकाको समर्थनमा उम्मेदवार बनेका संगीत बस्याललाई पराजित गर्न सफल भएका थिए ।

No description available.खरेल २०६३ सालमा पहिलो पटक खानेपानीको नेतृत्व सम्हाल्न पुगेका थिए । त्यसपछि २०६४ सालमा पुनः अध्यक्ष भए । त्यपछि २०६७, २०७० र २०७४ मा खानेपानीको नेतृत्वमा आएका थिए । यही विषयलाई लिएर विपक्षले आफ्नो चुनाबी नारा समेत बनाएको थियो । त्यसकै प्रभाबमा विपक्षीले धेरै मत तान्न समेत सफल भएको थियो । विपक्षीले एउटै ब्यक्ती पटक–पटक खानेपानी संस्थामा हुन नहुँने भन्दै नारा अगाडी बढाएको थियो । खरेलले ११६२ मत प्राप्त गरेका थिए, भने निकटतम प्रतिद्वन्दी भिमकान्त बस्याल (संगीत) ले १०४१ मत प्राप्त गरेका थिए । उनीहरुको मतान्तर १२१ थियो । जम्मा २३६१ मत खसेकोमा १८०० मत गन्दासम्म बस्याल अघि थिए । त्यो भन्दा पछि बेलुवा आस्पासको मत गणना हुँदा भने प्यानलले नै लिड गर्न सफल भएको थियो ।

मतगणना अबधीभर मतगणना स्थलमा नआएका खरेल आफू निर्वाचित भएपछि भने त्यहाँ पुगेर भाषण समेत गरे । भने‘मैले धेरै बर्ष खानेपानीको नेतृत्व गर्ने अबसर पाएँ, सधै जनताकै सेवामा खटिएँ, त्यसैले अहिले पनि मैले सेवा गर्ने मौका पाएँ ।’

उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका केशबराज सापकोटा १२६९ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी संयुक्त प्यानलका बिजयकुमार मल्लले ७२८ मत मात्रै प्राप्त गरेका थिए । उनी दोब्बर मतान्तरले विजयी भएका हुन् । त्यस्तै सचिवमा लोकतान्त्रिक प्यानलका दशरथ वली १३६४ मत प्राप्त गरि निर्वाचित भएका छन्, भने संयुक्त प्यानलका रुपबहादुर खत्रीले जम्मा ६५७ मतमात्रै प्राप्त गरेका थिए । खत्री एमाले तुलसीपुर सचिब तथा तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष समेत हुन् ।


कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका केशबबहादुर वलीले ९९० मत प्राप्त गरि निर्वाचित भएका थिए, भने प्रतिस्पर्धी इश्वरीप्रशाद पाण्डेले ९१४ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तरण ६७ थियो ।

त्यस्तै सहसचिवमा लोकतान्त्रिक प्यानलका कमलाकुमारी अधिकारीले १००७ मत प्राप्त गरि निर्वाचित भएका थिए भने उनका निकटतम प्रतिद्वन्दी रक्षा काफ्ले खड्का(अनु)ले ८०२ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै सदस्यहरुमा लोकतान्त्रिक प्यानलका नरबहादुर वली १०६२ , लालबहादुर वली ८९५ , अमृता शर्मा न्यूरे १०२२ मत र सबिता वली ८३५ निर्वाचित भएका छन् । उनीहरुका प्रतिष्पर्धीहरु संयुक्त प्यानलका कान्तप्रशाद खरेल ६८१ , गंगाधर गैरे ६९८ , सिताकुमारी केसी ५६५ र भिमा खड्का ५६७ मत प्राप्त गरेका थिए । त्यस्तै स्वतन्त्रबाट उम्मेदवार बनेकी देबकुमारी भण्डारी वलीले २८४ मत मात्रै प्राप्त गरेकी थिइन । ३१४६ कुल मतदाता मध्य २३६१ मत खसेको थियो । त्यसमध्य २८ मत बदर भएको थियो ।साभारः अग्रिम साप्ताहिक

May be an image of 14 people, people standing and text