बिजौरी उद्योग संघको अध्यक्षमा खड्का निर्वाचित

बिजौरी, १० असार ।
बिजौरी उद्योग संघको अध्यक्षमा रेश्मीराज खड्का निर्वाचित हुनुभएको छ । संघको नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा खड्काले २ सय ५३ मत ल्याएर निर्वाचिन हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धि लेखनाथ खत्री (पुण्टे) ले १७० मत ल्याउनुभएको छ भने शिबराज केसीले १३३ मत ल्याउनुभएको छ ।

यस्तै संघको वाणिज्य उपाध्यक्षमा डिल्ली बहादुर खत्री निर्वाचित हुनुभएको छ । उहाँले ३ सय ६२ मत ल्याउनुभएको छ भने निकटतम प्रतिष्पर्धि गोविन्द बहादुर रोका क्षेत्रीले १८३ मत ल्याउनुभएको छ ।

यस्तै उद्योग उपाध्यक्षमा चित्रबहादुर खड्काले २९५ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिष्पर्धि शोभाकर डाँगी ‘रमेश’ले २३९ मत ल्याउनुभएको छ ।

यस्तै संघको महासचिवमा दिपक कुमार बस्नेत निर्वाचित हुनुभएको छ । उहाँले ३१७ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिष्पर्धि दिपेन्द्र बहादुर केसी ‘दिपक’ले २२१ मत ल्याउनुभएको छ ।


यस्तै कोषाध्यक्ष पदका लागि तीन जना प्रतिष्पर्धामा छन् । कोषाध्यक्ष पदका उमेदवार कर्ण बहादुर वलीले २७२ मत ल्याएर निर्वाचित हुनुभएको छ भने निकटतम प्रतिष्पर्धी प्रेमबहादुर बिकले १८६ र राम बहादुर डाँगी ‘बादलपारी’ले ९३ मत ल्याउनुभएको छ ।

यस्तै सचिव पदमा लाल बहादुर खड्का ‘जीवन’ ले २०७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिष्पर्धी भुप बहादुर वलीले १७८ र रविन्द्र केसीले १५२ मत ल्याउनुभएको छ ।

सबै पदका लागि भएको निर्वाचनमा ५ सय ७३ मत खसेको थियो । कुल ६१८ मतदातामध्ये ४५ जना मतदाता अनुपस्थित भएका छन् ।

यस्तै महिला सदस्यमा शारदा केसी (२३६) निर्वाचित हुनुभएको छ । यसैगरी उद्योग सदस्यमा सुरेन्द्र बहादुर बुढा (२३६) निर्वाचित हुनुभएकोछ । यस्तै खुल्ला सदस्यहरुमा अर्जुन कुमार रेग्मी (२९४), डंक बहादुर वली (२८२), देवराज वली (२७५), ज्ञानेन्द्र विष्ट (२६२), भिमसेन सुनार (२५३) र चुडामनी रावत ‘भरत’ (२५०) मत ल्याएर निर्वाचित हुनुभएको छ ।