तुलसीपुरमा १५ दिने निःशुल्क रेबिज खोप अभियानको तयारी

तुलसीपुर, २७ भदौ ।

दाङको तुलसीपुरमा १५ दिने निःशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिने भएको छ । रेबिज बारे तथ्य बुझौं, त्रसित नहोऔं भन्ने नारा सहित विश्व रेबिज दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका अन्र्तगत पशु सेवा शाखा तुलसीपुरले खोप कार्यक्रमको आयोजना गरेको हो ।


भदौ २९ गतेदेखि असोज १२ गतेसम्म तुलसीपुरमा रहेको पशु सेवा शाखाको प्राङगनमा निःशुल्क रेबिज खोप कार्यक्रम संचालन हुने वरिष्ठ पशु चिकित्सक सुवाश आचार्यले जानकारी दिनुभयो । यसैबिच वरिष्ठ पशु चिकित्सक आचार्यले घरमा पालिएका कुकुरहरुलाई समयमै ल्याएर रेबिज खोप लगाउन अनुरोध गर्नुभएको छ । पशु सेवा शाखाले प्रत्यक बर्ष रेबिज खोपको कार्यक्रम गर्दै आइरहेको छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'