प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा विश्वकर्मा

दाङ
९ मङ्सिर /  प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा मानसिंह विश्वकर्मालाई चयन गरिएको छ । आज प्रदेशको राजधानी भालुवाङमा भएको दोस्रो अधिवेशनले विश्वकर्माको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

जसको बरिष्ठ उपाध्यक्षमा रुद्रहरि कुवर, खुला उपाध्यक्षमा प्रदीप वाग्ले, समावेशी उपाध्यक्षमा प्रकाश चौधरी, प्रमुख सचिबमा भुपेन्द्र वली, खुला सचिबमा टीकाराम पोख्रेल, दिवाकर पोखरेल, गणेश पाण्डे, महिला सचिबमा भावना सुवेदी, जनजाति सचिबमा गजेन्द्र गुरुङ, दलित सचिबमा चिन्ताबहादुर दर्जी, मधेशी सचिबमा अलाम खान, कोषाध्यक्षमा मनिष कार्कीलाई चयन गरिएको छ ।


त्यस्तै लेखा समिति संयोजकमा शीतल थापा, अनुशासन समिति सदस्यमा माया केसीलाई चयन गरिएको संगठनका केन्द्रीय सदस्य नरेन्द्र केसीले जानकारी दिनुभयो ।