स्वदेशमै केही गर्ने डा. आयुषको अठोटः प्राइम डेन्टल क्लिनिकको सुरुवात

घोराही, १८ साउन ।
मुस्कानले मानिसको व्यक्तित्व नै बदल्छ, तर त्यही मुस्कान कायम राख्न दाँत र मुखको स्वास्थ्यमा ध्यान दिनु एकदमै जरुरी छ। यही आवश्यकतालाई बुझेर दाङको घोराही–१५, तुलसीपुर रोडमा एउटा नयाँ आशाको केन्द्र खुलेको छ– प्राइम डेन्टल क्लिनिक । आइतबार एक विशेष समारोहका बीच यसको शुभारम्भ भयो ।

दन्त रोग विशेषज्ञ डा. आयुष गौतमले सञ्चालनमा ल्याएको क्लिनिकको उद्घाटन घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डिसी, डा. चेतनारायण पाण्डे र सञ्चालकका हजुरबुवा केदारनाथ गौतमले संयुक्तरुपमा गरेका     हुन् ।


यो क्लिनिक केवल एउटा व्यापारिक संस्था मात्र नभएर एउटा युवाको स्वदेशमै केही गर्ने सपनाको प्रतिफल पनि हो। कार्यक्रममा उपस्थित अतिथिहरूले पनि डा. आयुषजस्ता युवाहरू विदेशिनुको साटो आफ्नै लगानीमा व्यावसायिक सोचका साथ अघि बढ्नु निकै खुसीको कुरा भएको बताए ।

क्लिनिकले उद्घाटनको अवसरमा पहिलो एक महिनासम्म नाम दर्ता र दाँतको जाँच पूर्णरुपमा निःशुल्क गरिएको छ । त्यस्तै दाँत सम्बन्धि अन्य कुनै पनि उपचार गराउनु परेमा १० देखि २० प्रतिशतसम्मको विशेष छुट समेत दिइने डा। आयुषले बताए ।