तुलसीपुरमा कोरोनाका सक्रिय संक्रमतिको संख्या ६० पुग्यो

तुलसीपुर, १८ साउन ।

तुलसीपुरमा कोरोनाको सक्रिय संक्रमितको संख्या ६० पुगेको छ ।

सोमबार पाँच जना सक्रिमित थपिएसंगै संक्रमितको संख्या ६० पुगेको हो । साथै मेट्रो अस्पतालमा सोमबार थप ३ जना भर्ना भएका छन् ।


ति अहिले अस्पतालमा १३ जना भर्ना भएर उपचार गराईरहेको उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले बताए ।

तुलसीपुरमा हालसम्म कोरोना संक्रमितको संख्या चारहजार दुईसय ८३ रहेको छ, भने मृत्यु हुनेको संख्या एकसय ५ रहेको छ । संक्रमितको संख्या बढि रहेकाले सचेत रहन सबैमा अनुरोध पनि गरिएको छ ।