तुलसीपुरका एनवि टण्डन पर्यटन सद्भावनादुत नियुक्त

दाङ,८ पुस । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ घर भई हाल क्यानडा बस्दै आएका एन बि टण्डन(नरबहादु टण्डन) लाई पर्यटन सद्भावना दुत नियुक्त गरिएको छ ।

लामो समयदेखि नेपालको पर्यटनलाई विश्वसामु चिनाउँदै आएका टण्डनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बिहीबार बसेको मन्त्रालयको बैठकले आगामी चार वर्षे कार्यकालको लागि नेपालका लागि क्यानडाका पर्यटन सद्भावनादुत नियुक्त गरेको छ ।

टण्डन विगत एक दशक देखि क्याडनामा बसेर नेपालको पर्यटन प्रचार प्रसार मात्र नभएर नेपालको बिभिन्न सामाजिक कार्यमा समेत अग्रणी भुमिका निर्वाह गर्दै आएका छ्न ।


नेपाल नेपालको पर्यटन क्षेत्रविश्वमाझ चिनाउने उदेश्यले क्यानडामा पटक पटक ब्यक्तिगत पहलमा मेला तथा नेपाल झल्कने कार्यक्रम गरीरहेका छन् । नेपालको पर्यटनका बारेमा अमेरीकाका विभिन्न शहरहरुमा प्रचारप्रसार तथा अन्तरक्रिया तथा बिभिन्न कार्यहरुको गरीरहेका टण्डनले कोभिड पश्चात शिथिल भएको नेपालको पर्यटन क्षेत्रलाई पुनरउत्थान गर्न पर्यटन प्रबद्र्धन, नेपाली कला, संस्कृतिको सम्वद्र्धन गर्न तथा प्रचार प्रसार गर्ने कार्य नै आफ्नो पहिलो दायित्व हुने बताए ।

विगतमा निस्वार्थ रुपले नेपालको पर्यटन प्रबद्र्धनको क्षेत्रमा क्रियाशिल रहेका कारण मलाई विगत ६ बर्ष देखि नेपाल सरकार तथा पर्यटन मन्त्रलायले पर्यटन सद्भावना दुतको जिम्मेवारी दृढता पुर्वका पुरा गरेको कामलाई कदर गर्दै पुन चार बर्षका लागि पर्यटन मन्त्रालयले पर्यटन सद्भावनादुत नियुक्त गरेको टण्डनले बताए ।

सरकारले सद्भावनादुत नियुक्त गरेर आफ्नो योजना अनुसार नेपालको पर्यटन प्रवद्र्धनमा भुमिका खेल्न थप बाटो खुलेको भन्दै खुसी व्यक्त गरे । उनले भने क्यानडा तथा विभिन्न मुलुकमा नेपालको प्राकृतिक सौन्दर्यता, संस्कृति, विविधताका बारेमा प्रचारप्रसार गर्न मलाई अझ सहज हुने विश्वास लिएको उनले बताए ।उनी तुलसीपुर उपमहानगरपालिका पर्यटन सल्लाहकार पनि छन् ।