तुलसीपुर,२३ फागुन ।
नेपाली काँग्रेस तुलसीपुरले प्रत्येक बैठक वडा–वडामा पुगेर गर्ने भएको छ । प्रत्येक महिना पार्टीको बैठक बस्ने र सोही बैठक बस्न वडामै पुग्ने गरेको छ । यस पटक वडा नम्बर १ मा बैठक भएको भन्दै अर्को महिनाको बैठक अन्य वडामा पुगेर बस्ने भएको हो । यसले काँग्रेसको वडा–वडाको संगठन पनि मजवुद हुने अपेक्षा गरिएको सभापति सुरेश हमालले बताए ।
शनिबार वडा नं। १ मा बसेको बैठकमा सभापति हमालले आसन्न निर्वाचनलाई मध्येनजर गरि प्रत्येक वडा–वडामा गठन भएका टोलसमितिलाई थप सक्रिय बनाउन निर्देशन दिए । उनका अनुसार उनले चुनाबमा काँग्रेस एक ढिक्का भएर अघि बढ्नु पर्ने समेत बताए । बैठकले पार्टीको साधारण सदस्य बितरण प्रक्रियालाई निरन्तरता दिन र सो वैठकमा नेपाली काँग्रेसको घर–घर जाऔं, काँग्रेस जिताऔं जिताउ अभियानलाई सार्थकता बनाउन वडा समिति सक्रिय भएर लाग्नु पर्ने निर्णय भएको प्रवक्ता पूर्णबहादुर डाँगीले बताए ।
उपसभापति गौरव सुवेदीले स्वागत मन्तब्य ब्यक्त गरेको बैठकमा पार्टीका तुलसीपुर १ सभापति निर्मलकुमार आचार्य,लुम्बिनी प्रदेश प्रतिनिधि मेघराज सोनी,,कर्णाली प्रदेश प्रतिनिधि नेत्रलाल पौडेल , निबर्तमान महाधिवेशन प्रतिनिधि फल्कुदत्त भन्डारी , दाङ क्षेत्र नं। २ का निवर्तमान क्षेत्रीय सचिव चुडामणी ढकाल ,नगर सह–सचिव झनक बस्नेत लगायतले धारणा राखेका थिए । नगर उपसभापति बिनिल केसीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण सचिब सुशील ओलीले गरेका थिए ।
लाइभदाङ । २१ फाल्गुन २०७८, शनिबार २१:३२ बजे