तुलसीपुरबाट ११ बोरा पटाका बरामद, ३ जना पक्राउ

दाङ, २० भदौ ।
दाङको तुलसीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले तुलसीपुरका विभिन्न स्थानहरूबाट ११ बोरा अवैध पटाका बरामद गरेको छ। शुक्रबार र शनिबार पटाका बरामद गर्नुकासाथै घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिइएको छ।

प्रहरीले शुक्रबार ५ बोरा ठूलो पटाका र ३ बोरा सानो पटाका बरामद गरेको थियो भने शनिबार ३ बोरा अन्य गरी जम्मा ११ बोरा पटाका बरामद गरेको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालयको सक्रियतामा पटाका बरामद गरिएको हो ।


सबै पटाकाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरमा बुझाइएको छ ।