
तुलसीपुर, ९ चैत । दाङको तुलसीपुरमा मुख्य कार्यालय रहेको ‘प्राइमफेस इन्जिनियरिङ कन्सलटेन्सी’ले अब अनलाईनबाट घरको नक्सा प्रदान गर्ने भएको छ ।
मंगलबार तुलसीपुरमा आफ्नो वेभसाइट ‘ द प्राइमफेस डटकम’को सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । कन्सलटेन्सीका सिइयो विक्रमबाबु केसीका अनुसार अनलाईनबाटै नक्सा प्रदान गर्नुकासाथै आफ्ना हरेक गतिबिधिहरु त्यहीबाटै सार्वजनिक गर्ने बताए । वेभसाइडमा केही निःशुल्क डिजाइन रहेका र केही मोडेलहरुको पाँच हजार र दश हजारका प्याकेजका नक्सा जिडाइन रहेका छन् ।
जसले ग्राहाकहरुलाई विदेशबाट समेत आफ्नो घरको नक्सा लैजान सहज हुनेछ । २०१७ सालदेखि सेवा गर्दै आएको उक्त संस्थाका हाल घोराही र कोहलपुरमा शाखा छन्, भने बुटवल, नेपालगञ्ज, रुकुम, सुर्खेतलगायतमा सेवा दिदै आएको छ । अब देशभरकै सेवाग्राहीलाई सेवा दिनकालािग यसरी वेभसाईड निर्माण गरिएको सिइयो केसीले बताए । अहिले पनि म्यासेन्जर, टिकटकलगायतबाट कन्सल्टेन्सीका बारेमा धेरैले जानकारी माग गर्ने गरेको भएकाले पनि अब वेभसाईड मार्फत नै सबै जानकारी दिइने उनको भनाई छ ।
मुलुकमा विज्ञान र प्रबिधिको तिब्र विकास भइरहेको अबस्थामा अब पनि परम्परागत ढंगले भन्दा पनि प्रबिधिमैत्री सेवालाई जोड दिनकालागि यो कार्य गरिएको सिइयो केसीको भनाई छ ।
हाल कन्सलटेन्सीले टु डी र थ्री डी तथा इन्टेरियर डिजाइन, इन्जिनियरिङ तथा लागत अनुमान, निर्माण सेवाहरू, वैदिक तथा वैज्ञानिक वास्तु, सम्पत्ति तथा सवारी साधन मूल्यांकन, कागजात तथा अनुमतिलगायतका सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीका इन्जिनियर अनुप डाँगीले कम्पनीले अनलाइन पोर्टल संचालनमा ल्याएसंगै सेवाग्राहीलाई समय र खर्चको बचत हुनुका साथै घरमै बसेर गुणस्तरीय इन्जिनियरिङ सेवा लिन सकिने बताए ।



लाइभदाङ । १० चैत्र २०८२, मंगलवार २३:२२ बजे