निर्णय तहमा महिला पुग्नै पर्छ

सुशील बस्नेत,                                                                                                                                                                          दाङ,१७ फाल्गुन  ।
महिलाहरु निर्णय तहमा पुग्न नसक्दा सम्म लैङिग बिभेदको अन्त्य हुन नसक्ने तुलसीपुरमा आयोजीत कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
तुुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ को आर्थिक सहयोग तथा एसटिएन च्यानलको आयोजनामा टोल बिकास संस्थाका महिलाहरुको क्षमता बिकास तालिममा सहभागिहरु महिलाले हरेक तहमा महिलाहरु निर्णय तहमा पुग्न पर्नेमा जोड दिएका छन् ।
तालिममा सहभागिहरु प्रतिभा हमाल,भूमा चन्द,लुमा बुढामगर,बबिता बुढामगर,पार्वति बिक,एलिशा,रीता केसी, लगायतले तालिमले आफूहरुको आत्म बिश्वास,बोल्ने कलाको बिकास भएको बताउनुभयो ।
समापन कार्यक्रममा सम्बोधन गर्नुहुदै वडा अध्यक्ष बिरेन्द्रकुमार शाहले टोलको बिकासमा भूमिका खेलेको चर्चा गर्दै महिला सशक्तिकरणमा प्राथिकतामा पारेको बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष साबित्रा गुरुङ र मधुमालती सुनारले महिलाहरुले लाजमानेर बस्ने अबस्था गई सकेको बताउनुभयो ।
तालिमको समापन कार्यक्रमको सहजिकरण देवा बस्नेत,स्वागत मन्तब्य सहभागि निलम बस्नेत र धन्यबाद ज्ञापन सहभागि चम्पा बिकले गर्नुभएको थियो ।
तालिममा बिभिन्न वडाका ३१ जना महिलाहरुको सहभागिता रहेको थियो भने प्रशिक्षकमा पत्रकार सुशील बस्नेत र अधिकारकर्मी निर्मल नेपालीले गर्नुभएको थियो ।