गुरुकुलमा अक्षयकोष स्थापना

तुलसीपुर
११ फागुन / दाङको गोरखनाथ गुरुकुलमा २ लाख ५०५ रुपैँयाको अक्षयकोष स्थापना गरिएको छ । सिद्ध रत्ननाथ मठ चौघेरा दाङमा सञ्चालित गोरखनाथ वैदिक गुरुकुलमा घोराही १५ ट्राफिक चौक निवासी गीता देवी शर्मा तथा छोरा अनिल कुमार पोख्रेललगायत परिवारले अक्षयकोष स्थापना गरेका हुन् ।

स्व.शिव कुमार शर्मा पोख्रेलको नाममा शिव कुमार शर्माको स्मृतिमा २ लाख पांच सय पांच रुपैयांको अक्षय कोषको स्थापना गरेका हुन् ।

विगत ३ बर्ष अगाडिदेखि सिद्ध रत्ननाथ मठमा सञ्चालित गुरुकुलमा सहयोग गर्नेहरुको आइरहेको विद्यालयले बताएको छ । छोरा अनिल कुमार पोख्रेल गुरुकुलमा गई वटुकहरुकालागि भण्डारा खाद्यान्न सामग्री प्रदान गरेका थिए ।


बांके,बर्दिया ,प्यूठान ,दाङ लगायत भारतको बहराईचबाट आई आवासीय २५ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । दातालाई गुरुकुलका अध्यक्ष जोगी देवनाथले दान गर्न पाउनु आफैमा पुण्यको काम भएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

गुरुकुलका निवर्तमान अध्यक्ष प्रकाश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्व. शिवकुमार शर्माका छोराहरु भरतराज पोख्रेल,देवमणि पोख्रेल,अनिल कुमार पोख्रेल ,बुहारीहरु विमला पोख्रेल, बालिका पोख्रेल,सुलक्षणा पोख्रेल , नाति प्रनिल पोख्रेल लगायतको सहभागिता रहेको थियो ।